काठमाडौं । आज ४ वटा प्रदेशमा मुसलधारे वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर सरेको छ। तर, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा हुने सम्भावना देखिएको छ।
आज दिउँसो सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ। यस्तै, कोशीको तराई र मधेशका थोरै ठाउँमा हावाहुरी आउने सम्भावना पनि छ।
आज राति कोशी, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनीका तराई तथा मधेशका केही ठाउँमा हावाहुरी आउने सम्भावना पनि छ।




