☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाली उद्यमी नेदरल्याण्डमा पुरस्कृत


  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली व्यवसायी फणिन्द्र पन्तले नेदरल्याण्ड्समा स्टार्टअप पुरस्कार जित्नुभएको छ । उहाँ नेदरल्याण्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्टअप उद्यमी प्रतियोगितामा विजयी भई उक्त पुरस्कार जित्न सफल हुनुभएको हो ।

    Advertisement

    विश्वव्यापीरूपमा फैलिएको कोरोनापछि नेदरल्याण्ड्सको गोइस मिरेन क्षेत्रमा पसल र व्यवसायमा निकै रिक्तता देखिएको र उक्त अवस्थाबाट छुट्कारा पाउने उद्देश्यले स्थानीय सरकारद्वारा आयोजित प्रतियोगितामा नेपाली उद्यमी पन्त पुरस्कृत हुनुभएको हो । आर्थिक मन्दीबाट माथि उठ्ने दूरगामी योजनाअन्तर्गत स्थानीय सरकारले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागिता जनाएका नयाँ व्यावसायिक योजना मूल्यांकन गरी विजेता छनोट गरेको थियो । पन्तले नेपालमा उत्पादित चिया, कफी, हिमालयन मसला, ऊनबाट निर्मित कपडा र हस्तकला नेदरल्याण्ड्समा बिक्री र विस्तार गर्दै आएको माउन्टेन मार्ट नेपाल ट्रेड हाउस नामक स्टार्टअप उद्यमशीलता योजना विजयी बनेको छ ।

    सुरूमा प्रतिस्पर्धाका लागि २५ व्यावसायिक योजना स्वीकृत भएकामा अन्तिम चरणको प्रतिस्पर्धाका लागि १० वटा उत्कृष्ट छानिएका थिए । अन्तिम प्रतिस्पर्धामा पन्तसहित तीन व्यवसायीका योजनालाई विजयी घोषणा गरिएको हो । उहाँले पुरस्कार तथा व्यवस्थापन प्याकेजका लागि करिब ४० लाख नेपाली रुपैयाँ बराबरको रकम पाउनुभएको छ । नमस्ते कोअपरेटिभ युए नामक सहकारी कम्पनीमार्फत् नेपाली उत्पादन विदेश विस्तार गर्दै आउनुभएका पन्तले प्राप्त पुरस्कार नेपाल र नेपालीका लागि समर्पित भएको बताउनुभएको छ ।

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer