• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

देशका ७६ जिल्लामा फैलियो डेंगु, दशैँमा झन् जोखिम


  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशभरका ७६ जिल्ला डेंगु संक्रमण फैलिएको छ । हुम्लाबाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ७६ जिल्लामा डेंगुका साढे ११ हजार बढी बिरामी छन् । डेंगु रोगका कारण हालसम्म ६ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

    Advertisement

    पछिल्लो दुई साता डेंगु संक्रमितको संख्या बढेको हो । पछिल्लो समय देशभर गर्मी बढेका कारण संक्रमितको संख्या बढेको हो । पछिल्लो हप्ता पानी पर्न रोकिएसँगै डेंगुका लार्भा सक्रिय हुन थालेका छन् । जसका कारण डेंगु संक्रमण बढ्दो छ । जनस्वास्थ्यविद्का अनुसार बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकासलगायत कारण डेंगु फैलिएको हो ।

    सबैभन्दा बढी गण्डकी प्रदेशमा पाँच हजार ४८२ जना संक्रमित भएका छन् । सबैभन्दा बढी कास्की जिल्लामा डेंगुका बिरामी देखिएका छन् । कास्की, तनहुँमा संक्रमण फैलिरहेको छ । त्यस्तै, बागमती प्रदेशमा भने तीन हजार १७८ जनामा संक्रमण भएको छ । कास्की, तनहुँ, काठमाडौं, पर्वत, चितवन, गोरखा, ललितपुर उच्च जोखिममा छन् ।

    डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि-विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ । किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

    नेपालमा पहिलोपटक २००४ मा एक विदेशी नागरिकमा डेंगु संक्रमण देखिएको थियो । त्यसयता हरेक वर्ष देखिन थालेको छ । त्यसयता २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगुको संक्रमण धेरै देखिएको थियो । २०१९ मा डेंगुले महामारीको रूप नै लिएको थियो । डेंगु दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर, यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ ।

    अस्पतालमा बिरामीको चाप, बेड अभाव हुन थाल्यो
    डेंगु संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । जाँच गराउन आउने र भर्ना हुने बिरामीसमेत बढेको अस्पतालहरूले जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आकस्मिक कक्षमा हरेक दिन सय जनाभन्दा बढी डेंगुका बिरामी आउने गरेका छन् । आकस्मिकबाहेक ओपिडीमा पनि त्यतिकै बिरामीको भिड रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । अस्पताल आउनेभन्दा नआउनेको संख्या अझ धेरै हुनसक्ने उहाँको भनाइ छ । अस्पतालमा डेंगुका बिरामीको चाप बढेसँगै बेडको अभाव हुन थालेको छ । यही अवस्था रहिरहे केही दिनमा काठमाडौंमा सकसपूर्ण अवस्था आउने उहाँको विश्लेषण छ ।

    आकस्मिक कक्षमा आएका अधिकांश मानिस जटिल अवस्थामा मात्रै आइपुगेका छन् । उनीहरूमध्ये कतिपयलाई आइसियुमा राखेर उपचार गर्नुपरेको छ । विगतका वर्षमा डेंगु संक्रमितहरू धेरै गाह्रो नहुँदै अस्पताल आउने गर्थे । तर, यसवर्ष भने निकै गाह्रो र जटिल बनिसकेपछि मात्रै बिरामी आउने गरेको चिकित्सक बताउँछन् । अस्पतालमा डेंगुसँगै स्क्रब टाइफस र रेबिजका बिरामीको पनि चाप बढेको छ ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार अत्यधिक उल्टी हुने, फोक्सो, पेटमा पानी जमेका, गिजा, पिसाबबाट रक्तस्राव भएर बिरामी अस्पतालमा भर्ना भइरहेका छन् । डेंगु संक्रमित बिरामीलाई दुईदेखि सात दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेज हुन्छ ।

    टेकु मात्रै होइन, उपत्यकाका अन्य अस्पतालमा पनि डेंगुका बिरामी बढेका छन् । वीर अस्पतालमा समेत डेंगुका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ ।

    अझै चार साता जोखिमपूर्ण छ : डा. दाहाल
    डेंगु संक्रमण घट्नाको सट्टा अझै बढिरहेको छ । डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन् । अझै चार हप्ता डेंगु संक्रमण बढ्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यस पटकको दशैँमा डेंगु संक्रमण झन् फैलने सम्भावना देखिएको छ । ‘उच्च रूपमा डेंगु संक्रमण फैलिने भनेकै भदौ र असोज महिना हो ।

    अझै २०/२५ दिन जोखिमपूर्ण समय छ । आवश्यक सतर्कता अपनाउन जरुरी छ,’ दाहालले भन्नुभयो । डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । विगत पाँच वर्षको तुलनामा अब देखिने डेंगु बढी पीडादायी र गम्भीर बन्दै गएको छ । डेंगुको उपचार गर्ने कुनै खास औषधी हुँदैन । डेंगुको उपचार नभएको हुँदा सबैभन्दा पहिला त यो रोग लाग्नबाट बच्नु सर्वाेत्तम हो ।

    रोगबाट बँच्न डेंगु लगाउने लामखुट्टेको टोकाइबाट बँच्नुपर्छ । त्यसका लागि त्यो जातिको लामखुट्टेलाई आफ्नो वरिपरि बासस्थान दिनु हुँदैन । पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्नुपर्छ, ताकि त्यहाँ यो लामुखट्टेले फुल पार्न नपाओस् । पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जम्दा लामखुट्टेले आफ्नो बासस्थान बनाउन सक्छ ।(हिमालय टाईम्स)

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer