• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सवारी पार्किङको समस्यामा बाजुरा


  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाजुराको सदरमुकाम मार्तडीमा सवारीसाधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत ११ वर्षदेखि पार्किङको व्यवस्था नहुँदा यहाँ आउने सानाठुला सबै सवारीसाधनलाई दैनिक समस्या हुने गरेको हो ।

    Advertisement

    मार्तडीमा बस चल्न थालेको झन्डै ११ वर्ष भए पनि अझै पार्किङको व्यवस्था नहुँदा सवारीसाधनलाई समस्या भएको गाडीधनी रामचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न सहरदेखि लामो दुरीका झन्डै १० भन्दा बढी बस दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पार्किङका लागि ठाउँ नहुँदा यहाँ आएका सवारीसाधनलाई अहिले सडकको छेउछाउमा राख्नु परेको छ ।”

    मार्तडीमा पार्किङ स्थापनाका लागि बस व्यवसायले पटक पटक आवाज उठाउने गरेको भए पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको गिरीले बताउनुभयो । पछिल्लो समय काठमाडौँ, नेपालगन्जदेखि एक/एक, महेन्द्रनगरदेखि चार, धनगढीदेखि तीन र अत्तरियादेखि एक गरेर दैनिक १० वटा बस मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पुग्ने गरेका यी सबै साना तथा ठुला सवारीसाधन अहिले नेपाल टेलिकम, तुफानडाँडा र गैरीबजार सडकमा पार्किङ हुने गरेका छन् ।

    २०७० फागुन १४ गतेदेखि मार्तडीमा बस सेवा सञ्चालन भए पनि बसपार्क नहुँदा ती बस सडकछेउमै पार्किङ हुने गरेका हुन् । मार्तडीको सडक साँघुरो छ । त्यसमाथि ठुला बस सडकमै राख्ने गरेकोले पैदलयात्रीलाई आउजाउ गर्न निकै समस्या हुने गरेको मार्तडीका स्थानीयवासी बताउँछन् । काठमाडौँ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर र अत्तरियादेखि बाजुरामा आउने सबै बस अहिले सडकछेउमै पार्किङ गर्दै आएको मार्तडी गैरीबजारस्थित टिकट काउन्टर प्रमुख जीवन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मार्तडीमा दैनिक १० वटा बस आउँछन् । ती बस पार्किङका लागि अन्य कतै ठाउँ छैन । यसरी गाडी सडकमै पार्किङ गर्दा दुर्घटना बढ्दै गएको र यात्रुले समेत सास्ती खेप्नु परेको छ ।”

    साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटीगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि बसपार्क भने अझै बन्न सकेका छैन । बडीमालिका नगरपालिका–८ को पाल्तमा बसपार्क बन्न लागेको झन्डै सात वर्ष भयो तर पनि काम पूरा भएको छैन । स्थानीयलाई बसपार्क नहुँदा सामान बोकेर सडकमा पुर्‍याउनुपर्ने बाध्यता छ । सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्ने हुनाले सडकमा गाडी पार्किङ गर्न नहुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीको टेलिकमदेखि तुफानडाँडासम्मको सडकको बिचमै गाडी पार्किङ गरेका छन् । हामीले ती गाडी हटाउन खोज्दा उनीहरूले अन्य कतै ठाउँ छैन भन्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । बडीमालिका नगरपालिकाले मार्तडीमा चल्ने सबै गाडीलाई सहज, व्यवस्थित हुने गरेर बसपार्क निर्माण गर्ने योजना रहेको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पाल्तमा सानो ठाउँ छ । त्यहाँ सबै गाडी अटाउँदैनन् ।(गोरखापत्र)

    बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer