काठमाडौं । ललितपुरको ब्रिगेड ब्वाइज क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरको छ ।
Advertisement
बिहीबार भएको खेलमा ब्रिगेडले झापा–११ लाई सडन डेथमा हरायो । निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीम सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा दुवै टिमका खेलाडीले ४–४ गोल गरेपछि सडन डेथमा झापाका सौभाग्य राईको प्रहार ब्रिगेड ब्वाइजका रुविन बोगटीले बचाउँदै टिमलाई फाइनलमा लग्क्ष्नुभयो ।
ब्रिगेडका दिवाकर चौधरीले म्यान अफ दि म्याच घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पाउनुभयो । विग्रेड ब्वाइजले शनिबार उपाधिका लागिसङ्कटा क्लबसँग खेल्नेछ ।
पथरी–११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछ ।




