☰
शनिबार, मङि्सर १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागको जनजीवन अस्तव्यस्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन् । देशका विभिन्न भागबाट दुई हजार ८६० जनाको उद्धार गरिएको छ ।

    Advertisement

    सबैभन्दा बढी जनधनको क्षति काठमाडौँ उपत्यकामा भएको छ । यहाँ ३४ जनाको मृत्यु र २१ जना बेपत्ता भएको जानकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख किरण वज्राचार्यले दिनुभयो । बाढी र डुबानमा फसेका एक हजार ४५७ जनाको उद्धार गरिएको छ ।

    त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको सिमानामा पर्ने नौबिसे सडकखण्डको झ्याप्ले खोलामा गएको पहिरोमा तीन वटा बस पुरिएको छ ।

    पहिरोमा एउटा हायस र अर्को भारतीय नम्बरको मालबाहक ट्रकलाई पनि पुरिएको अवस्थामा फेला पारिएको छ । यसै गरी सबैभन्दा बढी वर्षा मापन भएको काभ्रेपलाञ्चोकमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार बालबालिकासहित १० जनाको सनाखत हुन बाँकी छ । मकवानपुरमा सात जनाको मृत्यु भएको छ । बागमती–३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर फूलमाया थिङको मृत्यु भएको छ । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, टेकरस्थित वत्सला माविस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणमा रहेका छ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिने भएको छ । एन्फाका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदिप्य बालमपाकी बेपत्ता भएका थिए ।

    दोलखाको भीमेश्वर–६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । चरीकोटस्थित सिमपानीमा गएको पहिरोले राजकुमार भुजेलको घर पुर्दा राजकुमार भुजेल उहाँकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो ।

    कोशी प्रदेशमा दस जनाको मृत्यु भएको छ भने थप नौ जना बेपत्ता छन् । पाँचथरमा मात्र पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता छन् । धनकुटामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । यस्तै धादिङमा एक र सिन्धुपाल्चोकमा चार जनाको मृत्यु र पाँच जना बेपत्ता छन् ।

    सोलुखुम्बुमा दुईको मृत्यु भएको छ, सुनसरीमा एक जनाको मृत्यु र नौ जना बेपत्ता छन् । चितवनमा तीन जना र रुपन्देहीमा दुई जना बेपत्ता छन् ।

    निरन्तरको वर्षाका कारण प्राकृतिक विपत्बाट प्रभावित काठमाडौँ उपत्यकासहित देशभर सरकारले खोज तथा उद्धारलाई तदारुकता दिँदै नेपाली सेनाको हेलिकोप्टरसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।(गोरखापत्र)

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer