• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

सर्वत्र विरोधपछि अब नियमित दरमै हवाई टिकट


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । चर्को सार्वजनिक विरोधपछि आन्तरिक वायु सेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन् ।

    Advertisement

    शुक्रबार र शनिबारको भीषण वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध हुँदा लामो दुरीका लागि हवाई यात्रा एक मात्र विकल्प बनेको थियो । हवाई सेवाप्रदायकले यसको फाइदा उठाउँदै आइतबार बिहानदेखि नै नियमित दरभन्दा ५० प्रतिशतसम्म बढीमा टिकट बेचेका थिए । विपत्को समयमा पनि चर्को दरमा टिकट बेचेपछि आइतबार सार्वजनिक रूपमा आलोचना बढेको थियो ।

    निजी क्षेत्रका आन्तरिक हवाई सेवाप्रदायकको संस्था वायु सेवा सञ्चालक सङ्घ, नेपालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि बुधबारसम्मका लागि सरकारले तोकेको सबैभन्दा माथिल्लो दरमा टिकट नबेच्ने निर्णय सार्वजनिक गरेको हो । उच्च दरमा टिकट नबेच्ने निर्णय गरेको सङ्घले विज्ञप्तिमा सरकारसँग सुविधाहरू माग गर्न भने छुटाएको छैन । विपत्मा सहयोगी बन्नुपर्ने अवस्थामा सङ्घले उच्च दरमा टिकट बेचेको आफ्नो कदमलाई ढाकछोप गर्ने गरी सरकारसँग उल्टै मागहरू थपेको हो ।

    विज्ञप्तिमा सङ्घले परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउनुपर्ने र वायु सेवा कम्पनीलाई लगाउँदै आएको ल्यान्डिङ, पार्किङ, नेभिगेसन, यात्रु सुविधा शुल्कलगायत अन्य दस्तुरमा छुट दिनसमेत माग गरेको छ ।

    प्रमको चासो

    सङ्घले विज्ञप्ति जारी गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा स्टाटस लेख्दै सहुलियत दरमा टिकट उपलब्ध गराउन एयरलाइन्सहरूलाई अनुरोध गर्नुभएको थियो । “हवाई भाडा अरूबेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,” प्रधानमन्त्रीले लेख्नुभएको छ ।

    सरकारले आह्वान गरेको सर्वदलीय बैठकमा पनि हवाई टिकटको मूल्य अत्यधिक बढेको सन्दर्भमा आवश्यक परिमार्जन र नागरिकको सहजतालाई दृष्टिगत गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान कम्पनीसँग समन्वय गर्ने निर्णय भएको थियो ।

    प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पनि आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेख्दै हवाई सेवाको भाडा बढाउँदा यात्रुलाई समस्या परेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो ।

    “यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायातसमेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाउँदा आमनागरिकमा यसले ठुलो असर पारेको देखिन्छ,” पत्रमा लेखिएको छ, “तसर्थ हवाई भाडादरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवश्यक निर्देशन हुन निर्देशानुसार अनुरोध छ ।”

    हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नै एक विज्ञप्ति जारी गर्दै नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय हवाई सेवाप्रदायकलाई असोज ११ गतेदेखि १६ गतेसम्मका लागि टिकट लिएका यात्रुलाई मिति परिवर्तन शुल्क, नो सो शुल्क र भाडा यथावत् राख्न विशेष सहुलियत प्रदान गर्न अनुरोध गरेको छ ।

    प्राधिकरणको विज्ञप्तिपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले यात्रुलाई कुनै शुल्क नलाग्ने जनाएको छ । निगमले असोज ११ गतेदेखि १६ गतेसम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अविरल वर्षाका कारण उडान छुटेका यात्रुले असोज २५ गतेसम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको हो । त्यसका लागि निगमको कार्यालयमा सम्पर्क गरेर उक्त सेवा लिन सकिने छ ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer