• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार २३, २०८३
☰
मङ्गलबार, असार २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

झ्याप्लेखोलामा गुहार माग्दै अस्ताए यात्रु, ३५ जनाको मृत्यु भएको पुष्टि


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । दुई दिनको अविरल घनघोर वर्षापछि गएको बाढीपहिरोको डरलाग्दो प्रतिविम्ब बनेको छ, झ्याप्लेखोला । काठमाडौँ र धादिङको सिमाना झ्याप्लेखोलामा भएको पहिरोमा अहिलेसम्म ३५ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

    Advertisement

    चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रोबस, गोरखाको लापुबेँसीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पहिरोमा पुरिएका छन् । धादिङ प्रहरीका अनुसार आंशिक पुरिएका पर्यटक बसबाट भने घटनाकै बेला यात्रु भागेर बच्न सफल भएका थिए ।

    ‘गुहार गुहार’ भनिरहे…

    शनिबार बिहान करिब ४ बजेको हुँदो हो । झमझम पानी पर्दै थियो । काठमाडौँ–धादिङ सिमानाको झ्याप्ले खोला हुँदै माथिबाट गल्र्यामगुर्लुम पहिरो खस्यो । पहिरो झरेको छेउमै पसल चलाइरहनुभएकी नानु लामाले पहिले त के भो भनेर केही सोच्नै सक्नुभएन । अन्धकारमा ‘बचाउ बचाउ’ भन्दै मानिस चिच्याउन थालेपछि गाडीका बत्ती र टर्चको उज्यालोमा पहिरो गएको देखियो ।

    उहाँले भन्नुभयो, “नजिकै रहेको माइक्रोका यात्रुको चिच्याहट पछ्याउँदै अगाडिका यात्रु र हामी मिलेर रगताम्य यात्रु निकाल्यौँ ।” त्यसपछि माथि नागढुङ्गामा रहेका प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । त्योभन्दा तल पसलकै छेउबाट लेदोसहितको भेलपहिरो बग्दै थियो । सडकबाट तल बगाएका बसका यात्रुको चिच्याहटले खोँचमा कोलाहल नै मच्चियो । नानुले भन्नुभयो, “गुहार गुहार…बचाउ बचाउ भन्दै थिए, हामी कसरी जानु त्यो अँध्यारो र भेलमा ?” वरपरका पनि ज्यान बचाउन कोही गाडीबाट उत्रेर सडकैसडक लड्दै उकालो कुदे । कोही रुनकराउन थाले ।

    बाटाभरि झरेको पहिरो छल्दै आधा घण्टापछि दुई जना प्रहरी टर्च बोकेर नागढुङ्गाबाट आइपुगे । उनीहरूसँग बचाउन जाने कुनै स्रोत साधन थिएन । त्यसैले लिएर आउँछौँ भनेर फर्किए । बिहान उज्यालो भएपछि मात्र उद्धार टोली आइपुग्यो ।

    घटना हुनुअघि शुक्रबार मध्यरातमा नै अलिक माथिबाट सडकमा रुखसहितको पहिरो झरेर बाटो बन्द भएको थियो । त्यही कारण प्रहरीले नागढुङ्गातर्फ सवारी नलैजान र झ्याप्लेखोला आसपास नै रहन भन्ने खबर पठाएको थियो । जस कारण नागढुङ्गाको तल घुमाउनेदेखि नै सवारी जाम भएको थियो । जाम परेकाले माथि घर नगई नानु लामासहितका पसले त्यहीँ बसेका थिए । उहाँले सम्झनुभयो, “यात्रुले खानेकुरा मागेपछि चाउचाउ, बिस्कुट, पानी, जुस बेचिरहेका थियौँ । कोही गाडीबाट ओर्लेर सडकमै सुस्ताउँदै बाटो खुल्ने प्रतीक्षामा थिए । कोही गाडीमै निदाइरहेका थिए ।” त्यसरी बगाएका गाडीमा झ्याप्ले खोलाको पानी सडकबाट तल खोँच जाने ठाउँमै रोकिएको र बढी पसेको उहाँले बताउनुभयो । बिजुलीसमेत नभएकाले पनि जिउँदाले उद्धारको मेसो पाउन नसकेको उहाँले बताउनुभयो ।

    सडकमा जाम परेकामा काठमाडौँबाट गएका दुई लाइन र धादिङबाट आइरहेका दुई लाइन गरेर चार लाइन गाडी थिए । घटनापछि साढे ५ बजेसम्म आफूहरू उद्धारमा खटिएको बताउँदै उहाँले त्यसपछि पनि लगातार पहिरो आउन नछाडेपछि स्थानीयमा त्रास छाएको बताउनुभयो । आफ्नो र परिवारको ज्यान बचाउन भाग्नु कि यात्रुको ज्यान बचाउनु भन्ने दोधारमै रात बितेको स्थानीयले बताए ।

    सडकको पहिरो पन्छाउँदै उद्धार टोली आइपुग्दा पुरिएकाको ज्यान गइसकेको थियो । घाइते सडकमै अलपत्र थिए । काठमाडौँको

    त्यत्रो सुविधानजिक हुँदा पनि उद्धार टोली आउन ढिला भएको गुनासो स्थानीयले गरे । एक/दुई वटा गाडी परेको अनुमान गरिए पनि चार वटा गाडी पहिरोमा परेका थिए । दुई वटा माइक्रोमध्ये पहिलोका यात्रु बाँचे तर अर्कोकालाई स्थानीयले निकाल्न नभ्याउँदै भेल पसेर सबैको ज्यान लिएको थियो ।

    आफन्त खोज्न आउनेको लर्को

    वर्षाबिच शनिबार दिनभरि उद्धार भयो । आइतबार पनि बिहानैदेखि पुरिएकाको उद्धार जारी रह्यो । आइतबार आफ्ना आफन्त खोज्नेको ठुलै लर्को लाग्यो । शनिबार भेटिएकामा आफन्त हराइरहेकाहरू थिए । आँसुले सुन्निएका आँखा लिएर पुग्नुभएकी एक महिलाले उद्धार स्थलमा रहेको प्रहरी डेस्कमा सोध्नुभयो, “मेरो मान्छे अझै भेटिएन ! आज भेटियो कि ?”

    प्रहरीले भन्नुभयो, “नाम त हामीले पनि थाहा पाउन सकेका छैनौँ, ऊ त्यहाँ त्रिपालमा राखिएमध्ये कोही हुनुहुन्छ कि हेरौँ त ।” शवका बिच आफन्तको पहिचान गर्नुको पीडा पर्नेलाई मात्र थाहा हुन्छ । रुँदै कराउँदै त्रिपालभित्र राखिएका आफन्तको शव हेर्न कतिले त सक्दै सकेनन् । कतिपयको त मोबाइलमा फोन गइरहेको थियो । फोन लाग्नेलाई पनि हेर्न प्रहरीले त्यही त्रिपालतिरै देखाइदिएपछि एक्कासि रुवाबासी चल्यो ।

    मन थाम्न गाह्रो

    आइतबार घाम लागेकाले सडक अलिक ओभानो थियो । केही स्थानीय आफन्त खोज्न आउनेलाई त्यहीँसम्म पु¥याउँदै थिए । केही हिँडेरै पुगेका थिए । पुरिएका यात्रुको शव गाडीबाट सुरक्षाकर्मीले निकाल्दै गर्दा हेर्नेहरूले मन थाम्न सकेनन् । सुरक्षाकर्मीले अब पुरिएकामध्ये जिउँदै हुने सम्भावना नरहेको बताउँदै थिए ।

    धादिङका प्रहरी उपरीक्षक गौतम केसीका अनुसार काठमाडौँ र धादिङ दुवै जिल्लाको सुरक्षाकर्मीसहितको टोलीले उद्धार जारी राखेको छ । शनिबार १४ जनाको शव निकालिएको थियो । पहिरोमा परेकामा चितवन, गोरखा, बुटवल र पोखराबाट काठमाडौँ आउँदै गरेका यात्रु रहेको अनुमान गरिएको छ ।

    शव सबै हिलाम्य छन् । कतिपयको शरीर अङ्गभङ्ग भएको अवस्थामा छन् । त्यसैले तत्काल देख्दा पहिचान गर्न सकिने अवस्था छैन । त्यसैले पनि शिक्षण अस्पतालमा पुगेपछि मात्र परिचय खुल्न सक्ने उहाँले जानकारी दिनुभयो ।

    नागढुङ्गाबाट सोहोरिँदै झ्याप्लेखोलामा

    नागढुङ्गा सडकको माथिपट्टि धुनीबेँसी जाने अर्को बाटो छ । शुक्रबार राति करिब ८ बजेदेखि नै नागढुङ्गा चोक र त्यहाँबाट तल झर्ने मुख्य राजमार्गका वरपरका भिरबाट धमाधम पहिरो खस्न थालेको थियो । त्यो सडकसमेत छिचोलेर नागढुङ्गाको सडकको पहिरो झ्याप्लेखोलातिर झरेको हो । नागढुङ्गादेखि घटना स्थलसम्मको सडकमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।

    माथिबाट हेर्दा त्यति ठुलो नदेखिए पनि बाँधसहित बेजोडले बगेर तल रोकिएका गाडीमा पहिरो बज्रिएको देखिन्छ । नागढुङ्गाका सुशील सुवेदीले एकाबिहानै ४ बजे गड्याङ गरेको सुनेको बताउनुभयो । पछि हेर्न आउँदा सडकबाट तल भेल बगिरहेको थियो ।

    उहाँले जस्तै स्थानीय कृष्ण लामाले पनि गाडी जान नसक्ने गरी सडकभरि पानी रहेको सुनाउनुभयो । यसअघि २०५९ सालमा त्यही ठाउँबाट झ्याप्लेखोलाछेउमा पसल गरी बसेका १३ जनाको ज्यान गएको थियो । कृष्णले भन्नुभयो, “त्यसपछि यहाँ तारजाली हालेर बाँध कसिएको थियो, त्यही बाँध भत्कने गरी सडकबाट बगेको भेलसहितको पहिरो तल पुगेर गाडी पुरेको हो ।”

    यसैबिच आइतबार रातिदेखि झ्याप्ले खोलाको पहिरो पन्छाएर सडक पूर्ण रुपमा संचालनमा आएको सुरक्षा निकायले जानकारी दिइएको छ ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer