काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ। पेट्रोलमा प्रति लिटर रु १, डिजेल र मट्टीतेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य हवाई इन्धनमा प्रतिहजार लिटर रु ४५ ले घटाइएको छ।
Advertisement
यद्यपि, एलपी ग्यासको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आए पनि चाडपर्वलाई ध्यानमा राखेर मूल्य यथावत राखिएको छ। इन्धनको मूल्य घटाउँदा चाडबाडको समय उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, आयल निगमले चाडपर्वको अवधिमा इन्धन आपूर्तिमा कुनै अवरोध नआउने विश्वास पनि दिलाएको छ।




