काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, भारतको मध्य प्रदेशको आकाशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा पनि परेको छ।
आज दिउँसो कोशीका केही, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडी इलाकाका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




