काठमाडौं । आज कोशी र वागमती प्रदेशमा भीषण वर्षा हुन सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, भारतको मध्य प्रदेशको आकाशमा विकसित न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव नेपालमा देखिएको छ।
आज दिउँसो कोशी र वागमतीका केही तथा गण्डकीका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र वागमतीका केही ठाउँमा भीषण वर्षा हुने सम्भावना छ।
आज राति कोशीका केही तथा मधेश, वागमती र गण्डकीका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशीका १-२ ठाउँमा भीषण वर्षा हुने सम्भावना छ।




