• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ललितपुरको लगातार दोस्रो जित


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो ।

    ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललिपुरले तेस्रो सेट २४-२६ ले गुमाएको थियो । चौथो सेट २५-२२ ले जित्दै अर्को ३ अंक थप्न सफल भयो ।

    जितसँगै ललितपुरले २ खेलबाट ६ अंक जोडेको छ । ललितपुरले पहिलो खेलमा सोमवार काठमाडौं स्पाइकर्सलाई पराजित गरेको थियो ।

    मधेश भने लगातार दुई खेलमा पराजित हुदै अंक बिहीन छ । मधेश पहिलो खेलमा सोमवार कर्णाली यश्विजसँग पराजित भएको थियो ।

    त्यसअघि आजको पहिलो खेलमा कर्णाली यश्विज र दोस्रो खेलमा काठमाडौं स्पाइकर्स विजयी भएका थिए । दोस्रो खेलमा काठमाडौंले चितवन शक्तिलाई पराजित गरेको थियो ।

    काठमाडौंले चितवनमाथि ३-१ को सेटमा जित निकालेको थियो । पहिलो सेट २१-२५ ले गुमाएको काठमाडौंले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको थियो । दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो ।

    जितसँगै काठमाडौंले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं ललितपुरसँग पराजित भएको थियो । चितवनको पनि २ खेलबाट समान ३ अंक छ । चितवनले पहिलो खेलमा गन्डकी थन्डर्सलाई पराजित गरेको थियो ।

    पहिलो खेलमा कर्णाली यश्विजले लगातार दोस्रो जित हसिल गर्ने क्रममा गण्डकीविरुद्ध ३-२ सेटको जित निकालेको थियो । पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो । त्यसपछिका दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै कर्णालीले २-१ को अग्रता लियो ।

    चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल लम्बियो । पाँचौं तथा निर्णायक सेटमा १५-१२ को जित निकाल्दै कर्णालीले विजयी यात्रा जारी राख्यो । जितसँगै कर्णालीले २ खेलमा ५ अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकीको एक अंक छ ।

    पहिलो खेलमा कर्णालीले मधेशलाई पराजित गर्दा गण्डकीले चितवनविरुद्ध हार बेहारेको थियो । बुधवार पनि ३ खेल हुनेछन्।

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer