काठमाडौं । यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ।
Advertisement
आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ।
करिब तीन महिनादेखि प्रतियोगिता का लागि पाेखरामा अभ्यास गरिरहेको नेपाली टाेली पनि आज काठमाडौं आइपुगेको छ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा हुनेछ । प्रतियाेगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।




