☰
आइतबार, मङि्सर १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दाङमा मनसुनजन्य विपत्तिबाट दुई करोड बढीको क्षति


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । दाङमा तीन महिनाको अवधिमा मनसुनजन्य विपत्तिबाट १३ जनाको मृत्यु भएको छ । करिव दुई करोड बढी रुपियाँको क्षति भएको छ ।

    Advertisement

    बर्षाद्को समयमा बाढी, पहिरो र डुबानलगायतमा विभिन्न घटनामा परेर गत जेठ २८ गतेदेखि असोज १४ गतेसम्म जिल्लामा १३ जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

    जसमा सबैभन्दा धेरै आठ जना बर्षादको समयमा नदी तथा खोलामा आएको बाढीमा बगेर मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शम्भु आचार्यले जानकारी दिनुभएको छ ।

    आचार्यका अनुसार तीन जनाको चट्याङ् लागेर र दुई जनाको सर्पदंशका कारण मृत्यु भएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा प्राकृतिक विपत्तिबाट करिब दुई करोड ४९ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

    बाढी, पहिरो र डुबानमा परेर तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा एकसय ६६ घरमा क्षति पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विगतबाट क्षति भएका अधिकांश घरपरिवार विस्थापित हुनुभएको छ ।

    आपतकालीन काम सञ्चालन केन्द्रलाई प्राप्त जानकारी अनुसार क्षति भएका परिवारलाई क्षतिको विवरणअनुसार न्यूनतम १५ देखि ५० हजारसम्म र मृतकका परिवारलाई एक लाख रुपियाँका दरले राहत प्रदान गरेको छ ।

    जिल्लामा विपद् व्यवस्थापन कोषबाट क्षति भएका घरपरिवारलाई दुई महिनाको अवधिमा १४ लाख ४० हजार राहत प्रदान गरिएको आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार दुई महिनाको अवधिमा घोराहीमा क्षति भएको २६ परिवारलाई तीन लाख ७५ हजार, तुलसीपुरमा एक जना मृतकसहित १४ घरपरिवारलाई तीन लाख ८० हजार, लमहीमा पाँच घरपरिवारलाई ६५ हजार, राजपुर गाउँपालिकामा दुई मृतक परिवारसहित सात घरलाई चार लाख ७० हजार रुपियाँ राहत प्रदान गरिएको छ ।

    त्यसैगरी बंगलाचुली गाउँपालिकामा पाँच घरपरिवारलाई ७५ हजार, शान्तिनगर र बबई गाउँपलिकामा दुई–दुई घरपरिवारलाई तीस–तीस हजार र दंगीशरण गाउँपालिकामा एक घरपरिवारलाई १५ हजार रुपियाँ राहत हस्तान्तरण गरिएको आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार साउन महिनामा मात्र ५९ घर परिवारका लागि आठ लाख ४० हजार रुपियाँ राहत वितरण गरिएको छ ।(गोरखापत्र)

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    लोकप्रिय

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer