• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

कारागार अस्पतालको सेवा सुविधा बढाउनुपर्छ: गृहसचिव दुवाडी


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिएका छन् । बुधवार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक कार्यक्रममा बोल्दै सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुले सो विषयमा जोड दिएका हुन् ।

    Advertisement

    गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीहरुले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले पूर्वाधारहरुको अभाव रहेको अवस्थामा नख्खु कारागारमा बनेको पूर्वाधारमा अस्पताललाई स्थानान्तरण गरेर सञ्चालन गर्न सकिने बताउनुभयो । छिटोभन्दा छिटो नख्खु कारागारमा अस्पताल सार्न उहाँले आग्रह गर्नुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न विकास साझेदार संस्थालाई अस्पतालमा जोड्दै सेवा बिस्तार गर्नुपर्ने उहाँको सुझाव छ ।

    उहाँले भन्नुभयो, ‘गाँस, बास, कपास सबै सुनिश्चिततासहित कैदीबन्दीलाई हामीले हेर्नुपर्ने अवस्था छ । सामुहिक बसाइँ, खानपान, आनिबानि, व्यवहारदेखि धेरै कुराहरुले स्वास्थ्यमा पार्ने समस्या त्यसमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने कारणले पनि सिर्जना भएका विविध समस्यामा स्वास्थ्य समस्या समाधान गर्ने प्रयत्न यहाँहरुले गरिरहनुभएको छ ।

    आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नगराउने जुन प्रयत्न गरिरहनु भएको छ, यो प्रशंसनीय छ । नख्खु कारागारमा बनेको पूर्वाधारमा तत्काल सेवा स्थानान्तरण गरेर त्यहाँबाट सञ्चालन गर्न सकिने स्थिति रहेछ । त्यसलाई छिटोभन्दा छिटो सञ्चालन गरेर यहाँको चाप पनि घटाउने र अहिले प्रदान गरिएको सेवामा केही स्तरोन्नति र बिस्तार गर्न सकिनेछ भने त्यो विषयमा पनि प्रयत्न गर्न आग्रह गर्न चाहन्छु । कम्तिमा एक दुई वटा विकास साझेदारलाई केन्द्रिय कारागार अस्पतालको सेवा सुधारमा सहभागी गराउन पाइयो भने यहाँको सेवा पनि बिस्तार हुने, त्यो सँगसँगै चिकित्सक र स्वास्थ्यकर्मीलाई मनोबल दिन उत्प्रेरणा दिन अरु कार्यक्रम पनि राख्न सकिने हुन्छ । त्यसको लागि आग्रह गर्न चाहन्छु ।’

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले कारागारमा रहने कैदीबन्दीहरुमा सबैभन्दा धेरै मानसिक समस्या देखापर्ने भन्दै अस्पतालको मानसिक स्वास्थ्य विभागलाई स्रोत, साधन सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको जनशक्ति व्यवस्थापनको सम्बन्धमा पुनरावलोकन गरी जनशक्ति व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘कारागारमा भएका व्यक्तिहरुको धेरै समस्या मानसिक समस्या हो । ललितपुरमा मनोसामाजिक अस्पताल भनेको सुरु भएको धेरै अघिदेखि नै हो । तर राम्रो हुन सकेको छैन । यहाँ पनि मानसिक विभाग छ । कैद भोगिरहनुभएका व्यक्तिहरुको मानसिक समस्या केही न केही रुपमा अन्यको तुलनामा बढी नै हुन्छ । दरबन्दी बढाएर राम्रोसँग सञ्चालन गरौँ । जनशक्तिको व्यवस्थापनमा खासै समस्या छैन । पुनरावलोकन गर्नुपर्ने अवस्था छ । जनशक्ति बढाउनुपर्ने छ ।’ उहाँले आवश्यक स्रोत, साधन परिपूर्ति गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गर्ने र काम अगाडि बढाउने बताउनुभयो ।(गोरखापत्र)

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer