काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
Advertisement
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा मधेश युनाइटेडलाई काठमाडौंले ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५–२३, २५–१५, २५–१८ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै चार खेलमा ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ। चारै खेलमा पारजित मधेश अंकविहन हुँदै पुछारमा छ।




