• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सत्र हजारभन्दा बढीको सकुशल उद्धार: गृह मन्त्रालय


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । मुलुकभरबाट बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपत्पछिको खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकबाट गरी बिहीबार बिहानसम्म १७ हजारभन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँले विपत्मा परी बेपत्ता २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिनुहुँदै देशभर १६९ जना घाइतेको विभिन्न अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गरिएको बताउनुभयो । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौंँ उपत्यकाबाट दुई हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना तथा मधेश प्रदेशबाट ३५ जनासहित देशका विभिन्न स्थानबाट विपत्मा परेकाको उद्वार गरिएको छ । काठमाडौँ उपत्यकाबाहेक सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।

    मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उद्धारकार्य गरेको जनाएको छ ।

    खोज तथा उद्धारको काम अन्तिम चरणमा पुगेको र बेपत्ताहरूको पनि खोजी तीव्र पारिएको जनाएको छ । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालय सम्बद्ध निकायसँग निरन्तर समन्वय गरिरहनुभएको पनि गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्री लेखकले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्धार, राहत वितरण र घाइतेको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ । यसै गरी उहाँले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुको सहज र सुरक्षित यात्रा गर्नेलगायतका विषयमा यातायात व्यवसायीसँग पनि निरन्तर छलफल र संवादमा रहनुभएको छ । गृह मन्त्रालयले काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुलीलगायतका जिल्लामा विपत्मा परी मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायताबापत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरेको छ । विपत्पछिको क्षतिको मूल्याङ्कन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपत्मा परेका नागरिकको सहजीकरणका लागि कार्यदल खटाइएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer