• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

उपत्यकामा भित्रिन थाले दसैँलक्षित खसीबोका


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । दसैँलाई लक्षित गरेर निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यका भित्र्याउन थालेका छन् ।

    Advertisement

    बुधबार पहिलो लटमा दुुई सय सङ्ख्यामा मुुस्ताङबाट च्याङ्ग्रा आइपुुगेको चौपाया खरिद बिक्री सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष जनक खड्काले दसैँलाई लक्षित गरेर खसीबोका र च्याङ्ग्र भित्रिन थालेको जानकारी दिनुुभयो । बुधबार दुुई सय वटा च्याङ्ग्रा आइपुुगेको र खसीबोका आउने व्रmममा बाटोमा रहेको उहाँले जानकारी दिनुुभयो ।

    दसैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने गर्छ । जसले गर्दा व्यवसायीले गाउँ गाउँबाट खसीबोका खरिद गरी घटस्थापनाको दिनदेखि उपत्यका ल्याएर बिक्री सुरु गर्न लागेका हुुन् । बाढीपहिरोका कारण यातायात अवरुद्ध हुुँदा खसीबोका ल्याउन कठिन भएको खड्काले जानकारी दिनुुभयो । तीन÷चार दिन बाटो अवरुद्ध हुुँदा खसीबोका आएका थिएनन्, अब सडक खुुला भएसँगै खसीबोका उपत्यकामा भित्रिने उहाँले जानकारी दिनुुभयो ।

    मौसम अनुुकूल भए बजार माग अनुसार बजारमा खसीबोका भित्रिने उहाँले जानकारी दिनुुभयो । यसपालि दसैँमा २२ हजार खसीबोका र पाँच हजार च्याङ्ग्रा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुुभयो । हाल बजारमा जिउँदो खसीबोका ७३० देखि ७४० रुपियाँ रहेको छ । अविरल वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा खसीबोका नआउँदा मूल्य महँगो पर्न गएको उहाँको भनाइ छ । बजारमा खसीबोका नियमित रूपमा आउन थालेपछि मूूल्य घट्ने उहाँको दाबी छ ।

    बजारमा च्याङ्ग्राको मूूल्य एक हजार २५० रुपियाँ रहेको छ । निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुुम, रोल्पा, कैलाली, कञ्चनपुुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्छन् ।

    यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शनिबारदेखि खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ । विगतका वर्ष घटस्थापनाको दिनदेखि ल्याउने गरेकोमा यस वर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा खसीबोका आउन ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको छ ।

    दसैँमा बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुुलियत दरमा खसीबोका उपलब्ध गराउन कम्पनीले खसीबोका बिक्री गर्दै आएको छ । हेटौँडा र तुुलसीपुुरबाट खसीबोका र मुुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer