• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मनाङमा एकै दिन झण्डै तिन सय पर्यटक


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । पर्यटकीय याम सुरु भएसँगै मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ ।

    Advertisement

    गत सेप्टेम्बर महिनामा विभिन्न ७४ देशका दुई हजार ७६५ बाह्य पर्यटक मनाङ घुम्न गएको पर्यटक सूचना केन्द्र धारापानी मनाङका भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार सबैभन्दा धेरै इजरायलका ५९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो नम्बरमा चिनियाँ पर्यटक पर्छन् । उनीहरूको सङ्ख्या ३२७ रहेको छ ।

    तेस्रो नम्बरमा जर्मनी पर्यटक पर्छन् । उनीहरूको सङ्ख्या १७३ रहेको छ । त्यसै गरी चौथोमा अमेरिकी १६७ पर्यटकले मनाङ भ्रमण गरे भने पाँचौँमा अस्ट्रेलियाका पर्यटक पर्छन् । उनीहरूको सङ्ख्या १५० रहेको छ । छैटौँ नम्बरमा १४३ बेलायती पर्यटकले मनाङका विभिन्न स्थानमा भ्रमण गरेका छन् । सातौँमा फ्रान्सका १२५ र आठौँमा नेदरल्यान्डका ९६ पर्यटक मनाङ प्रवेश गरेको गुरुङले जानकारी दिनुभयो ।

    त्यसै गरी मनाङ भ्रमण गर्ने देशको सूचीको नवौँमा छिमेकी मित्रराष्ट्र भारत पर्दछ जहाँबाट ९२ पर्यटक आएका थिए भने दसौँ नम्बरमा कोरियाका ९१ जनाले मनाङ भ्रमण गरे । अरू बाँकी विभिन्न देशका रहेका छन् ।

    मङ्गलबार सन् २०२४ को अहिलेसम्मकै धेरै पर्यटक २८६ जना मनाङ आइपुगेका छन् । यो हालसम्मकै एकै दिनमा मनाङ प्रवेश गर्नेको सङ्ख्या हो । बुधबार १४० जना विभिन्न देशका पर्यटक मनाङ प्रवेश गरेको गुरुङले बताउनुभयो । असोज महिना यस यामको अति उत्तम समय मानिन्छ । गत हप्ता मात्रै देशैभर आएको बाढीपहिरो तथा हिमपातको प्रवाह नगरी बाह्य पर्यटक मनाङ पुगेका छन् । विशेष गरी मनाङ आउने पर्यटकको गन्तव्य तिलिचो ताल हुने गरेको पर्यटन व्यवसायी धनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले अस्ति मात्र सात जनाको टोलीलाई तिलिचो पु¥याएर ल्याएँ ।”

    प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पर्यटकलाई आवश्यक सूचना लिएर मात्र गन्तव्य तय गर्न सुझाएको बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिका ग्रामीण बस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको थियो । चव्रmीय अन्नपूर्ण पदमार्गको थोराङ्ला क्षेत्र र तिलिचो ताल क्षेत्रमा बाक्लो हिमपात भएको थियो । पर्यटकले त्यसको पर्वाह गरेनन् । उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई पर्यटनको क्षेत्रमा विशेष सूचना सङ्कलन गर्न र आवश्यक समन्वय गर्न भनेका छौँ ।” उहाँले हिमपातको समयमा सतर्क रहन पर्यटक र नागरिकलाई आग्रह गरिएको बताउनुभयो । एक्याप इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।(गोरखापत्र)

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer