• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धनकुटाको हिलेमा पर्यटकीय गतिविधि न्यून


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । करिब दुई दशकअघिसम्म पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले बजारमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकको रामै्र चाहलपहल हुने गरेको थियो । हिलेभन्दा माथिल्लो क्षेत्रको पर्यटकीय स्थल जान केही दिन हिलेमा बास बस्थे । वरिपरिका डाँडाकाँडाबाट देखिने विभिन्न हिम शृङ्खला हेरेर रमाउँथे । हिले बास बसेरै पाख्रीबासलगायत नजिकैका पर्यटकीय स्थल घुम्न जान्थे तर माओवादी जनयुुद्धसँंगै सो क्रम घट्दै गएर अहिले प्रायः शून्य छ । अहिले भारतीयबाहेकका विदेशी पर्यटक देखिँदैनन् । अहिले हिले तीनजुरेलगातयका पर्यटकीय स्थल जाने पर्यटक एक छिन रोकिने माथिल्लो क्षेत्रमा होटेल तथा लज नपाएमा मात्र हिलेमा आएर बास बस्ने गरेको पर्यटन तथा पूर्वाधार विकास संस्था हिलेका अध्यक्ष खगेन्द्र विष्ट बताउनुहुन्छ । हिलेमा पहिले पर्यटकको जुन चाप हुन्थ्यो अहिले त्यो निक्कै कम भएको उहाँको भनाइ छ । हिलेमा थप पर्यटन विकास तथा पूर्वाधारको काम गर्न नसक्दा यो अवस्था आएको उहाँको दाबी छ  ।

    Advertisement

    उहाँ भन्नुहुन्छ, “नेपाली तथा विदेशी पर्यटक हिले आउँथे । दुई/तीन दिन त्यहीँ बस्थे । त्यहीँबाट पूर्वी पहाडका विभिन्न पर्यटकीय स्थलसहित मकालु तथा कन्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्थे तर अहिले त्यही हिले पर्यटकका लागि अन्य पर्यटकीय स्थलमा भर पर्नुपर्ने अवस्थामा पुगेको हो ।”

    करिब १९५० मिटरको उचाइमा रहेको धनकुटा नगरपालिका वडा नम्बर १ मा पर्ने हिले बजारमा पर्यटकीय सम्भावना भने अहिले पनि उत्तिकै रहेको हिलेका होटेल व्यवसायी श्रीराम रायमाझी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गर्मीमा तथा टिएमजे क्षेत्रमा गुराँस फुल्दा र माथिल्लो क्षेत्रमा हिउँ पर्दा मात्र पर्यटक आउने गरेका छन् । अरूबेला होटेल रुँघेरै मात्र बस्नुपर्ने अवस्था रहको छ ।” हिलेको पर्यटकीय सम्भावनाका बारेमा बुझाउन, देखाउन तथा नयाँ सिर्जनात्मक काम गर्न नसक्दा यो अवस्था आएको उहाँको भनाइ छ ।

    शीतल मौसम, विभिन्न डाँडा, हिमालको मनोरम दृष्य, नजिकै रहेको चियाबारी हिलेका आकर्षण रहेको होटेल व्यवसायी लालचन्द्र गोङ्वा बताउनुहुन्छ । यी पर्यटकीय स्थलसम्म पुग्ने पूर्वाधार अभाव तथा प्रचारप्रसार हुन नसक्दा अहिले हिले पर्यटकको रोजाइमा पर्न छाडेको व्यवसायीको गुनासो छ । त्यसो त हिले अन्य विभिन्न पर्यटकीय स्थलको बिच भागमा छ ।

    केही दिनको हिले बसाइमा योजनाबद्ध रूपमा तीनजुरे, वसन्तपुर, पाख्रीबास, छिन्ताङदेवी मन्दिर, उत्तरपानी तथा हिले आसपासका जौटार, थामडाँडा, बक्रकुण्ड मन्दिर त्रिसुले, गुराँसे, लुङधाङ गुफा आदि घुम्न सकिन्छ तर हिलेले आफ्नो पर्यटन विकासका लागि यस्ता प्याकेजसमेत अघि सार्न नसकेको पर्यटन तथा कृषि अभियन्ता जीवन राई बताउनुहुन्छ । राई भन्नुहुन्छ, “हिले पूर्वका महìवपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ धेरै कुरा छन् हेर्नका लागि त्यस्तै हिले बास बसेर धेरै पर्यटकीय क्षेत्र घुम्न सकिन्छ तर हिलेले त्यो कुरा देखाउन सकेन ।” यस्ता कुरालाई हिलेका होटेल तथा पर्यटन व्यवसायीले प्याकेजका रूपमा बेच्न सक्नुपर्ने राईको भनाइ छ ।(गोरखापत्र)

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer