• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भीमदत्त राजमार्ग दसैँतिहारसम्म पनि मर्मत नहुने


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको खाल्टाखुल्टीले दैनिक हजारौँ यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । सो राजमार्ग अन्तर्गत डडेलधुरा जिल्लामा पर्ने सडकखण्ड बिग्रिएकाले यात्रा कष्टकर हुँदै आएको छ ।

    Advertisement

    यो सडकखण्ड मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीबाट करिब १३ करोड रुपियाँ लागतको छ वटा ठेक्का सम्झौता गरिएका छन् तर हालसम्म कामको सुरुवात नहुँदा सडकको स्तरोन्नति हुन सकेको छैन । नेपालीको महान चाड दसैँतिहार आउँदासम्म यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ ।

    ठेक्का सम्झौता भए पनि वर्षा र दसैँको मुखमा कामको सुरुवात गर्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकखण्डको गैरा–अनारखोली खण्डमा पहिले पनि ठेक्का सम्झौता भएका थिए । ठेकेदारले काम नगरेपछि सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राखी हाल नयाँ ठेक्का सम्झौता गरिएका हुन् । नयाँ ठेक्का सम्झौता गरिएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको छैन ।

    गैरा–हगुल्टे सडकखण्डको आठ किलोमिटर मर्मतका लागि चन्द्रविकास जेभी धनगढीसँग पाँच करोड चार लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ साउन १३ गते ठेक्का सम्झौता भएको थियो भने २०८२ जेठ ३० गतेसम्म निर्माण पूरा हुनुपर्ने छ ।

    यस्तै भातकाँडा–साहुखर्क सडकखण्डको छ किलोमिटिर मर्मतका लागि रुद्रवती माँ निगलाशैनीसँग दुई करोड २६ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको छ । यसै गरी स्याउले–अनारखोलीको आठ किलोमिटर सडक मर्मतका लागि उमा इन्फा बिल्डर्स धनगढीसँग तीन करोड ७२ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । यी तीन वटै ठेक्का निर्माण हुने समय एउटै रहेको छ ।

    उहाँका अनुसार यी तीन वटै सडकखण्ड निकै बिग्रिएका छन । बिग्रिएका सबै खण्डमा खाल्टाखुल्टी टाल्ने र त्यसमाथि एक ‘रियाप लेयर’ हाल्ने गरेर ठेक्का सम्झौता गरिएको छ । यसै गरी कैलाली जिल्लाको फल्टुडेदेखि बैतडीको अनारखोली बजारसम्मको सडकखण्डमा परेका खाल्टाखुल्टी टाल्न जय गणेश निर्माण सेवासँग ३२ लाख रुपियाँ, फल्टुडे–गैर खण्डका खाल्टाखुल्टी टाल्न ६८ लाख र गैरा–स्याउले सडकखण्डका खाल्टाखुल्टी टाल्न ७० लाख रुपियाँ बराबरका थप तीन गरेर नयाँ ठेक्का सम्झौता पनि भएको सूचना अधिकारी जैसीले जानकारी दिनुभयो ।(गोरखापत्र)

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer