• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नाचगानमा होइन, धान उत्पादनमा सहयोग गर्दै जोरायल गाउँपालिका


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । डोटीको जोरायल गाउँपालिकाले बासमती धान उत्पादनका लागि विपन्न बादी समुदायका घरपरिवारलाई जमिनको भाडा तिरेर सहयोग गरेको छ । परम्परादेखि नै नाचगान गर्ने पेसामा आबद्ध बादी समुदायको पेसा सङ्कटमा पर्न थालेसँगै धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराइएको छ ।

    Advertisement

    परम्परादेखि नै विवाह, व्रतबन्धलगायत विभन्न चाडपर्व र मेलामा नाचेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिलाई नाचगानबाट आम्दानी कम हुन थालेसँगै घरपरिवारलाई हातमुख जोर्नसमेत समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बासमती धान उत्पादनका लागि उपलब्ध गराएको छ ।

    गाउँपालिकाका उपाध्यक्ष जमुना रोकाया बोहोराका अनुसार विपन्न वर्गका लागि आयआर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणाली अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि नै वार्षिक रूपमा प्रतिरोपनी १५ हजारका दरले ७५ हजार रुपियाँमा जमिन भाडामा लिइँदै आएको छ । उपाध्यक्ष बोहोराले भन्नुभयो, “नियमित रूपमा खेती गर्ने जमिन पनि नभएकाले बादी समुदायका व्यक्तिलाई बिहानबेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडाबापतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौँ । यसबाट थोरै भए पनि बादी समुदायकालाई राहत भएको छ । जमिन भाडामा दिनेबारेको सम्झौता प्रत्येक तीन÷तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ ।”

    डोटीको जोरायल क्षेत्र हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बासमती पछिल्लो समय जिल्लाबाहिर पनि निर्यात हुन थालेको छ । गाउँपालिकाका नायब सुब्बा चन्द्रबहादुर सार्कीले भन्नुभयो, “गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बसोबास गर्दै आउनुभएका बादी समुदायको घरपरिवार यसबाट लाभान्वित भएका छन् । आफ्नो जमिन नभएकाले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।”

    गाउँपालिकाले उपलब्ध गराएको जमिनबाट भएको उत्पादन बिक्रीबाट आम्दानी हुँदै आएको कटैनीदेवी बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त बाजे बराजुका पालादेखि नै नाचगान गरेर त्यसबापत पाइएको अन्न ल्याएर खान्थ्यौँ । अहिले घरपरिवारको सङ्ख्या बढ्दै जान थालेपछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिएपछि नाचगान गरेकै आम्दानीमा भर पर्नु परेको छैन । हाम्रा लागि राम्रो भएको छ ।”

    पालिकाले उपलब्ध गराएको जमिनमा वर्षायाममा हंसराज बासमती धानको उत्पादन हुँदै आएको छ भने हिउँदमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गरिएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बासमतीलाई स्थानीय सहकारीमार्फत डोटीबाहिर निर्यातका लागि बजारीकरण हुँदै आएको छ ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer