काठमाडौं । आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, नेपालका पूर्वी र मध्य भागमा बंगलादेशको दक्षिण-पश्चिम इलाकामा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
सोही कारण आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




