काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, देशका पूर्वी र मध्य भागमा बंगलादेशको उत्तरी क्षेत्र तथा भारतको पश्चिम बंगाल आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपाली आकाशमा छ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पहाडी भेगका थोरै तथा बाँकी भागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




