काठमाडौं । नवरात्रको आज चौथो दिन । ९ दिन सम्म चल्ने यस पर्वमा ९ दिनसम्म माता दुर्गा भवानीका ९ वटा स्वरूपको पूजा अर्चना हुन्छ।
कतिपय भक्तजन यस अवसरमा ९ दिनसम्म व्रत गर्छन्। र, माता दुर्गा भवानी ९ वटै अलग-अलग स्वरूपको पूजा गर्दै भोग चढाउँछन्।
माता दुर्गाका ९ स्वरूपमध्ये कसैलाई मालपुआ, कसैलाई दूध, कसैलाई नरिवलको भाग रुचिकर लाग्छ। शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म अलग-अलग भोग चढाउने परम्परा रहिआएको छ।
– पहिलो दिन- यस दिन माता भवानीको शैलपुत्री स्वरूपको पूजा हुन्छ। उनलाई फर्सीको बर्फी, हलुवा र मिष्ठान्न भोग चढाइन्छ।
– दोस्रो दिन- यस दिन माता भवानीको ब्रह्मचारिणी स्वरूपको पूजा हुन्छ। यस दिन सख्खरबाट बनेको पञ्चामृत, फल, दही र मेवाको भोग चढाइन्छ।
– तेस्रो दिन- यस दिन माता चन्द्रघण्टाको पूजा हुन्छ। र, उनलाई दूध, खीर र पञ्चामृत चढाइन्छ।
– चौथो दिन- यस दिन माता कूष्माण्डाको पूजा हुन्छ। र, उनलाई मालपुआको प्रसाद भोग चढाइन्छ।
– पाँचौं दिन- यस दिन स्कन्दमाताको पूजा हुन्छ। र, उनलाई पहेंलो फल र पहेंलै मिठाइ चढाइन्छ।
– छैटौं दिन- यस दिन माता कात्यायनीको पूजा हुन्छ। र, उनलाई मह र मुङ दालको हलुवा चढाइन्छ।
– सातौं दिन- यस दिन माता कालरात्रिको पूजा हुन्छ। र, उनलाई सख्खरबाट बनेका चिजहरू चढाइन्छ।
– आठौं दिन- यस दिन माता महागौरीको पूजा हुन्छ। र, उनलाई नरिवल या नरिवलको बर्फी चढाइन्छ।
– नवौं दिन- यस दिन माता भवानीको नवौं स्वरूप सिद्धिदात्रीको पूजा हुन्छ। र, उनलाई फल, चना, पुरी, खीर र हलुवाको भाग चढाइन्छ।




