• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनपिएलका आठ टिमले अक्सनमार्फत् भित्त्र्याए ८० खेलाडी, लुम्बिनीको सबैभन्दा बढी खर्च


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का विभिन्न टोलीमा खेलाडी आबद्ध गर्नका लागि आइतबार बोलकबोल (अक्सन) भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताका खेलाडी आठ टोलीले १०–१० खेलाडी आफ्नो टोलीमा भित्त्र्याएका हुन् ।

    Advertisement

    घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको थियो । ‘ए’ क्याटागोरीलाई १० लाख, ‘बी’ क्याटागोरीलाई १० लाख र ‘सी’ क्याटागोरीलाई दुई लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो । जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई पाँच लाख रुपैयासम्म मूल्य तोकिएको थियो ।

    जसमा ‘ए क्याटागोरीम रहेका खेलाडी १५ लाख रूपैयाँसम्म बिक्री भए । यससँगै अब प्रत्येक टोलीले ११-११ खेलाडी भएका छन् । सबै टोलीमा यसअघि एक-एक खेलाडी मार्कीको रुपमा भित्रिएका थिए । आइतबार १०-१० खेलाडी अक्सनबाट भित्रिएका छन् । तीन-तीन खेलाडी ‘ए’ र ‘सी’ क्याटागोरी तथा चार खेलाडी ‘बी’ क्याटागोरीबाट टोलीमा आबद्ध भएका छन् ।

    अब चार-चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६-१६ खेलाडी हुनेछन् ।

    एनपिएलका आठ टिम सुदूरपश्चिम रोयल्स, काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले खेलाडी किनेका हुन् ।

    लुम्बिनीको सबैभन्दा बढी खर्च
    लिगका लागि खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन् । सुदूरपश्चिमले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्टस्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले साडे ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख खर्च गरेका छन् ।

    सर्वाधिक रकममा बिक्री भएका १२ खेलाडी
    लोकेश बम – विराटनगर किंग्स
    प्रतिश जीसी – विराटनगर किंग्स
    ललित राजवंशी – जनकपुर बोल्ट्स
    अनिल कुमार साह – जनकपुर बोल्ट्स
    गुलशन कुमार झा- कर्णाली याक्स
    शाहब आलम – काठमाडौं गोर्खाज
    भीम शार्की – काठमाडौं गोर्खाज
    सूर्य तामाङ – लुम्बिनी लायन्स
    बिबेक यादव – लुम्बिनी लायन्स
    सन्दीप जोरा- लुम्बिनी लायन्स
    सागर ढकाल – पोखरा एभेन्जर्स
    आरिफ शेख – सुदूरपश्चिम रोयल्स

    कुन टोलीमा को खेलाडी आबद्ध
    विराटनगर किंग्समा सन्दीप लामिछाने – मार्की हुनुहुन्छ भने अन्य खेलाडीमा लोकेश बम, प्रतिश जीसी, बशीर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र
    मुनाल गुरुङ हुनुहुन्छ ।

    चितवन राइनोजमा कुशल मल्ल – मार्की हुनुहुन्छ भने अन्य खेलाडीमा रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दीपक बोहरा, रंजीत कुमार र गौतम केसी हुनुहुन्छ ।

    जनकपुर बोल्ट्समा आसिफ शेख – मार्की खेलाडी हुनुहुन्छ भने अन्य खेलाडीमा ललित राजवंशी, अनिल कुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव र तुलबहादुर थापा मगर हुनुहुन्छ ।

    कर्णाली याक्समा सोमपाल कामी- मार्की खेलाडी हुनुहुन्छ भने अन्य खेलाडीमा गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, ऋत गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे र युनिशविक्रम सिंह ठकुरी हुनुहुन्छ ।

    काठमाडौं गोर्खाजमा करण केसी- मार्की खेलाडी हुनुहुन्छ भने अन्य खेलाडीमा शाहब आलम, भीम शार्की, रसिद खान। शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, बिबेक केसी, प्रतीक श्रेष्ठ र राजु रिजाल हुनुहुन्छ ।

    लुम्बिनी लायन्समा रोहितकुमार पौडेल- मार्की खेलाडी हुनुहुन्छ भने सूर्य तामाङ, बिबेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम र बिकाश अग्री हुनुहुन्छ ।

    पोखरा एभेन्जर्समा कुशल भुर्तेल- मार्की खेलाडी हुनुहुन्छ भने अन्य खेलाडीमा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ  राज दास, सुनाम गौतम, दिनेश खरेल र अमृत गुरुङ हुनुहुन्छ ।

    सुदूरपश्चिम रोयल्समा दिपेन्द्र सिंह ऐरी- मार्की खेलाडी हुनुहुन्छ भने अन्य खेलाडीमा आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहनुभएको छ ।

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer