• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

२७ पदकसहित मानसरोवर नमुना माध्यमिक विद्यालय प्रथम


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • काठमाडौं। असोज १६ गतेदेखि सञ्चालन भएको हुम्लाको सिमकोट गाउँपालिकाको माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाममा रहेको मानसरोवर माध्यमिक विद्यालयले हात पारेको छ । विभिन्न विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा मानसरोवर नमुना माध्यमिक विद्यालय २७ पदकसहित प्रथम भएको हो । १४ स्वर्ण, चार रजत र आठ कांस्य गरी २७ पदकसहित मानसरोवर माध्यमिक विद्यालय प्रथम भएको आयोजक विद्यालयका प्रधानाध्यापक छिमि लामाले जानकारी दिनुभयो ।

    Advertisement

    यस्तै दोस्रो बालमन्दिर माध्यमिक विद्यालय भएको छ । आठ स्वर्ण, आठ कांस्य र पाँच रजत गरी २१ पदकका साथ दोस्रो भएको छ । त्यसैगरी कर्णाली नमुना माध्यमिक विद्यालय तेस्रो भएको छ । दुई स्वर्ण, तीन रजत र एक कांस्य गरी ६ पदकसहित तेस्रो भएको प्रधानाध्यापक लामाले बताउनुभयो ।

    सिमकोट गाउँपालिकास्तरीय माध्यमिक विद्यालयको राष्ट्रपति रनिङ शिल्डमा पालिकाभित्र रहेका सातवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । प्रथम हुने विद्यालयलाई १५ हजार, दोस्रो १२ हजार र तेस्रो हुने विद्यालयलाई नौ हजार पुरस्कारसहित विभिन्न शिल्ड, प्रमाणपत्र, मेडल वितरण गरिएको छ ।

    भलिबल खेलको छात्रतर्फ उत्कृष्टमा कैलाश माध्यमिक विद्यालयका मनिश सुनार छनोट हुनुभएको छ । छात्रातर्फ बालमन्दिर माध्यमिक विद्यालयकी प्रकृति महत छनोट हुनुभएको छ । यस्तै एथलेटिस्कतर्फ छात्रतर्फ उत्कृष्टमा मानसरोवर माध्यमिक विद्यालयका खगेन्द्र शाही र छात्रातर्फ बालमन्दिर माध्यमिक विद्यालयका तुलसी बोहरा छनोट हुनुभएको छ ।

    रलिङ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा सञ्जयको प्रमुख आतिथ्यताका साथै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को विशेष आतिथ्यमा उक्त राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । यस्तै समापन कार्यक्रममा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer