काठमाडौं । मनसुन बाहिरिने क्रम शुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल ५ वटा प्रदेशमा मनसुन र २ प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ।
Advertisement
कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा मनसुन तथा कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव छ। यस्तै, देशको पूर्वी र मध्य भागमा भारत पश्चिम बंगालको उत्तरी आकाशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
आज दिउँसो कोशी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश र वागमतीका थोरै तथा गण्डकी र लुम्बिनीका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




