काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा मनसुनी वायुको प्रभाव छ। यस्तै, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव छ। साथै, देशको पूर्वी र मध्य भागमा भारत बिहारको आकाशमा विकसित न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशीका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




