काठमाडौं । आज चारवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल कोशी र मधेशका अधिकांश तथा वागमतीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ।
आज दिउँसो कोशीका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशीका थोरै तथा वागमती, गण्डकी र कर्णालीका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




