काठमाडौं । नवरात्रिको नवौं दिन अर्थात माता चामुण्डाले रक्तविज राक्षसको अन्त्य गरेको दिन। महानवमीकै दिन चामुण्डा माताले रक्तविजको नाश गरेको मार्कण्डेय पुराणमा उल्लेख छ।
Advertisement
आज दुर्गा भगवतीको नवौं स्वरूप माता सिद्धिधात्रीको विशेष पूजा आराधना गरिन्छ। आजै धनधान्यकी देवी माता महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ।
नवरात्रमा माता दुर्गा भवानीका ९ स्वरूपको पूजा अर्चना गरिन्छ। महानवमीमा नौ प्रकारका फूल, फल, नौ कन्याको पूजा हुन्छ।
हवनलगायत कर्म पनि आजकै दिन सम्पन्न हुन्छन्, जुन विजया दशमीका दिन बिसर्जन गरिन्छ। यस वर्ष महाअष्टमी र महानवमी पर्व एकै दिन परेका छन्।




