काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल कोशी र मधेश प्रदेशका अधिकांश इलाका वागमतीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ।
सोही कारण आज दिउँसो कोशीका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशीका थोरै तथा वागमती र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




