• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

क-याङकुरुङ सारसका बसाइँ-सराईका कथा


  •   शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । क-याङकुरुङ सारस नेपाली आकाश हुँदै भारततर्फ बसाइँ सर्न थालेका छन् । करिब छ महिनासम्म भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबास गर्ने यी चरा कर्णाली कोरिडोर हुँदै त्यता जान थालेका हुन् । सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यस वर्ष भने सेप्टेम्बर २५ बाट नेपाली आकाश हुँदै क-याङकुरुङ सारस भारततर्फ गइरहेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँका अनुसार कर्णाली कोरिडोर हुँदै लगभग २५ बथान क-याङकुरुङ सारस गइसकेका छन् । त्यस क्रममा कञ्चनपुर, कैलाली र बर्दियाको आकाशमा यी चरा देखिएका हुन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने क-याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर ‘भी’ आकार बनाएर आकाशमा उड्ने गर्छन् । क-याङकुरुङ आवाज निकाल्दै रातिसमेत यो प्रजातिको चरा उडेर भारततर्फ गइरहेको जनाइएको छ । बसाइँ सर्ने क्रममा क-याङकुरुङ सारस आहारा र आरामका लागि कैलाली, बर्दिया, कञ्चनपुरका विभिन्न ठाउँमा केही दिन रोकिनेसमेत गरेका छन् । स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले क¥याङकुरुङ सारस रातिसमेत उडेर भारततर्फ गइरहेको उल्लेख गर्नुभयो ।

    कैयौँ माइल उडेर भारततर्फ जाने यो प्रजातिको चरा नेपालमा माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरी दुई वटा रुटबाट आउने गरेको जनाइएको छ । माथिल्लो मुस्ताङ हुँदै आएका क¥याङकुरुङ सारस भेरी नदी कोरिडोर भएर बसाइँ सर्ने गरेको जनाइएको छ ।

    त्यस्तै डोल्पा हुँदै आएका क-याङकुरुङ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जाने गरेको जनाइएको छ । भारत जाने क्रममा क-याङकुरुङ सारसले १३ देखि ४० दिनसम्म चार हजार ८९६ किलोमिटर उडान भर्ने गरेको डङ्गौराले जानकारी दिनुभयो । त्यस्तै जाडो मौसम सकिन थालेपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तानलगायतका देश हुँदै यो चरा रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ पुनः फर्कने गरेको बताइन्छ । डङ्गौराले भन्नुभयो, “फर्कने क्रममा क-याङकुरुङ सारसको भारतदेखि रसिया, मङ्गोलियासम्मको यात्रा ६५ देखि ६६ दिनसम्मको हुने गर्छ । यस क्रममा यो चराले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गर्छन् ।”

    भारत जाने क्रममा तुलनात्मक रूपमा कम उडान भर्ने क-याङकुरुङ सारस फर्कने बेला भने त्योभन्दा बढी दुरीमा उड्ने गरेको बताइएको छ । एक बथानमा हजारौँको सङ्ख्यामा उड्ने क-याङकुरुङ सारसले उडानका क्रममा पालैपालो बथानको नेतृत्व गर्ने गरेको बताइन्छ ।(गोरखापत्र)

    शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer