काठमाडौं । आज चारवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल कोशी र मधेशका अधिकांश तथा वागमतीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ।
आज दिउँसो कोशी पहाडका थोरै तथा वागमती र गण्डकीको पहाडी इलाकाका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशीका थोरै तथा गण्डकी र कर्णालीका पहाडी भेगका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




