काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल लुम्बिनी, सुदुरपश्चिम र कर्णालीमा पश्चिमी वायुको प्रभाव छ। यस्तै, कोशी, मधेश, वागमती र गण्डकीमा पश्चिमी वायुकै आंशिक प्रभाव छ। यस्तै, सबै प्रदेशमा स्थानीय वायु पनि सक्रिय देखिएको छ।
आज दिउँसो र राती कोशी, वागमती र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।




