• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भक्तपुरमा तलेजु भवानीको सेतो घोडा जात्रा मनाइयो


  •   आइतबार, असोज २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । विजयादशमी अर्थात् टीकाको दिन आज रातिदेखि भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडा जात्रा सुरु भएको छ ।

    Advertisement

    प्रत्येक वर्ष दसैँको टीकाका राति मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझदेखि सुरु भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

    नेपाल संवत् ४४३ पौष शुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा सुरु भएको मानिदै आएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा एवं विसर्जन पूजा सम्पन्न गरेपछि रातिदेखि सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले जानकारी दिए ।

    तलेजुका मूल नाईके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको जनविश्वासले यो जात्रा मनाउने गरिन्छ ।

    जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडा जात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताए । विजयादशमीको वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु भवानीको मन्दिरमा नवदुर्गा भवानीलाई खड्ग अर्थात पायःदयो प्रदान गरी जात्रा मनाइन्छ । यसैलाई खड्ग अर्थात पायःद्यो जात्रा भन्ने गरिन्छ ।

    आज राति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडि तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडि नवदुर्गा भवानी गण ल्याउने गरिन्छ । सेतो घोडा तलेजु भवानीको बाहन भएकाले तलेजु भवानीको अगाडि यो घोडा ल्याउने चलन छ ।

    खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका बिभिन्न क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गरिन्छ । त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग चढाउने गरिन्छ ।

    प्रत्येक वर्षको विजयादशमीको रातमा ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुने प्रचलन रहेको छ ।

    देवतासहित नगरको माथिल्लो भेगमा घोडालाई लैजादा दरबार क्षेत्रबाट दत्तात्रय, तौमढीहुँदै नारायणचोकसम्म माथिल्लो भेगको परिक्रमा गरी गहिटी स्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुर्यान्छ । त्यसपछि तल्लो भेगको परिक्रमा गर्दा दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोक, गहिटी स्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुर्याउने परम्परा छ ।

    भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै भएकाले जात्रा मनाउदा तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहन हो भनी लैजान्छिन् भन्ने मान्यताअनुसार जात्रा तचपालबाटै तलतिर फर्काउने मान्यता रहेको छ ।

    घोडालाई दरबारस्क्वायरको तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ यो जात्रालाई भक्तपुरको सेतो घोडा जात्रा भन्ने प्रचलन रहेको जोशी बताउँछन ।

    त्यस्तै मध्यपुरथिमिमा पनि बिजयादशमीका दिन राति खड्ग अर्थात पायःदयो जात्रा मनाउने गरिन्छ । थिमिको लायकुबाट सुरु हुने यस जात्रामा मल्लकालिन सैनिक पोशाक र मल्लकालिन हातहतियार सहित बालकुमारीदेखि दिगुटोलसम्म प्रदर्शन गर्ने गरिन्छ ।

    यो जात्रालाई स्थानीय भाषामा ‘खाँ पिहावइगु’वा ‘भुइ फसि पालिगु’ जात्रा पनि भन्ने गरिन्छ । यसलाई हतियार प्रदर्शन गर्ने जात्राको रुपमा मानिदै आएको छ ।

    आइतबार, असोज २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer