काठमाडौं । काठमाडौंमा हुन लागेको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन। यसपटकको टोलीमा विदेशमा खेलिरहेका प्रमुख खेलाडीहरू सावित्रा भण्डारी र रेखा पौडेल पनि समेटिएका छन्। टोलीको कप्तानी अनुभवी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन्।
सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ। दक्षिण एसियाका ७ देश नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान, र बंगलादेशले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत, र पाकिस्तान रहेका छन्। समूह ‘बी’ मा आयोजक नेपालसहित भुटान, श्रीलंका, र माल्दिभ्स समावेश छन्।
च्याम्पियनसिपको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुनेछ, भने नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते भुटानसँग खेल्नेछ।
महिला साफ च्याम्पियनसिपका लागि माल्दिभ्सको टोली काठमाडौंमा
नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गरिरहेको हो। यसअघि सन् २०१९ मा विराटनगर र २०२२ मा काठमाडौंमा प्रतियोगिता सम्पन्न भएको थियो।
नेपाली टिम
गोलकिपरहरू:
– अञ्जिला तुम्बापो सुब्बा (कप्तान)
– अञ्जना राना मगर
– उषा नाथ
डिफेन्डरहरू:
– गीता राना
– अमृता जैसी
– समिक्षा घिमिरे
– निशा ठोकर
– पूजा राना
– बिमला बिके
– हीरा कुमारी भुजेल
– सजनी ठोकर
मिडफिल्डरहरू:
– रेनुका नगरकोटी
– प्रीति राई
– सरु लिम्बु
– दीपा शाही
– सबिता राना मगर
– अनिता बस्नेत
– अमीषा कार्की
– बिमला चौधरी
फरवार्डहरू:
– रश्मी कुमारी घिसिङ
– अनिता केसी
– रेखा पौडेल
– सबित्रा भण्डारी




