काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ मा माल्दिभ्समाथि श्रीलंकाले १–० को जीत हासिल छ।
Advertisement
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको हो।
खेलको १७औं मिनेटमा इमेशा अनुराधिनीको गोलमार्फत श्रीलंकाले अग्रता लिएको हो। पिएम परेराको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी इमेशाले फ्रि हेडर गोल गरिन्। उक्त गोल नै श्रीलंकाको जीतमा निर्णयक बन्यो।
जीतसँगै श्रीलंकाले तीन अंक जोडेको छ।
यसअघि बिहिवार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित हासिल गर्दै समूह ए मा तीन अंक जोडेको छ।




