• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: वैशाख २०८३

  • ५. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । आगामी पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने भएको छ । व्यापार मेला सञ्चालनका लागि कार्यसम्पादन समिति गठनका साथै जिम्मेवारी बाँडफाट गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला-२०८१ का लागि सोमबार संघमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठनका साथै जिम्मेवारी बाँडफाट गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

    Advertisement

    औद्योगिक व्यापार मेला-२०८१ को मूल कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहनुभएको छ । मूल कार्यसम्पादन समितिमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्य रहनेछन् । त्यस्तैगरी संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मूल्यांकन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ ।

    संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई मेला मूल सम्पादन समितिको सहसंयोजकसहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, सांस्कृतिक कार्यक्रम, साउण्ड सिष्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत् व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

    संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । उद्योग उपाध्यक्ष सुरज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकका साथै व्यावसायिक संघसंस्था समन्वय, पूर्वाधार तथा उद्योग क्षेत्र समन्वय, गोष्ठी सेमिनार, स्टल दर्ता तथा वितरण, घरेलु हस्तकला तथा पर्यटन प्रवद्र्धन र कृषि प्रविधि तथा बजारीकरणको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसैगरी वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकका साथै राजनीतिक दल समन्वय, परिचयपत्र स्टल निर्माण र खानेपानी तथा सरसफाइको जिम्मेवारी प्रदान गरिएको छ । संघका महासचिव मुक्तिप्रसाद अधिकारीलाई कार्यसम्पादन समितिको सदस्य-सचिव तथा प्रवक्ताका साथै सचिवालय, सुरक्षा र पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ भने कोषाध्यक्ष वसन्तप्रसाद ढकाललाई कार्यसम्पादन समितिमा आर्थिक समितिको संयोजकसहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । संघका सचिव प्रतीक पोखरेललाई कार्यसम्पादन समितिमा सहसचिवको जिम्मेवारी प्रदान गरिएको छ । उहाँलाई प्रचारप्रसार, मञ्च, स्वागतद्वार तथा सजावट र श्रव्यदृश्य तथा समारोह व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । सहकोषाध्यक्ष धनकुमारी खनाललाई आर्थिक समितिको सहसंयोजकसहित उपहार तथा प्रमाणपत्र, आन्तरिक सञ्चार र महिला उद्यमी प्रवद्र्धनको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसैगरी कार्यसमिति सदस्यहरूलाई मूल कार्यसम्पादन समितिअन्तर्गतका उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । जसअन्तर्गत कार्यसमिति सदस्य निर्मित कसजूलाई सांस्कृतिक कार्यक्रम, स्टेज सञ्चालन एवं साउण्ड सिष्टम उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । दीपक चापागार्इंलाई प्रचारप्रसार उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसैगरी कार्यसमिति सदस्य टिकाराम बञ्जाडेलाई स्टल दर्ता तथा वितरण उपसमिति, जमुना पौडेललाई श्रव्यदृश्य उपसमिति, सुनिता शर्मा बञ्जाडेलाई महिला उद्यमी प्रवद्र्धन उपसमिति, कृष्णप्रसाद पाण्डेलाई गेट तथा स्टेज निर्माण तथा व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई खाना तथा खाजा व्यवस्थापन, रामबहादुर भण्डारीलाई पूर्वाधार (स्टल) निर्माण उपसमिति, उमेश अमात्यलाई परिचयपत्र व्यवस्थापन उपसमिति र दीप आचार्यलाई सौजन्य व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसैगरी कार्यसमिति सदस्यहरू लक्ष्मण ज्ञवालीलाई सचिवालय व्यवस्थापन, जगन्नाथ न्यौपानेलाई प्रवेश टिकट व्यवस्थापन, दीपक घिमिरेलाई पानी तथा सरसफाइ व्यवस्थापन, विष्णु घिमिरे पन्तलाई स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमिति सदस्यहरू विष्णु पौडेललाई विद्युत् व्यवस्थापन, रेनु श्रेष्ठलाई प्रमाणपत्र, उपहार तथा समारोह व्यवस्थापन र बालकृष्ण पौडेललाई उद्योग, पर्यटन प्रवद्र्धन, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यस्तैगरी कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई घरेलु तथा हस्तकला प्रवद्र्धन उपसमिति, नरिश्वर शर्मा पौडेललाई बाल उद्यान व्यवस्थापन उपसमिति, मोहम्मद याकुवलाई कृषि प्रवद्र्धन तथा बजारीकरण उपसमिति र काशीराम शर्मालाई सुरक्षा तथा पार्किङ व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।(हिमालय टाईम्स)

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer