• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मालदिभ्समाथि नेपालको ११ गोल, प्रीति र रेखाको हृयाट्रिक


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपालले मालदिभ्समाथि गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको हो । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले हृयाट्रिक गर्नुभएको छ । रेखाले पाँच र प्रीतिले तीन गोल गर्नुभएको थियो । रेखाले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गर्नुभएको थियो भने प्रितिले ६, ६५ र ८७ औं मिनेटमा गोल गर्नुभएको थियो । अन्य तीन गोल सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले गर्नुभएको थियो ।

    Advertisement

    सविताले २९, अनिताले ६८ र अमिशाले ८८औं मिनेटमा गोल गर्नुभएको थियो । यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गर्नुभएको थियो । यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुग्नुभएकी सावित्रा भण्डारीलाई भने मैदानमा उत्रिनु भएन ।

    यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको दुई खेलबाट चार अंक भएको छ । भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ । नेपाल गोल अन्तरको आधारमा समूहको पहिलोमा रहेको हो । श्रीलंका तीन अंकमा तेस्रोमा छ । माल्दिभ्स भने शून्य अंकमा छ । यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । भुटान भने माल्दिभ्ससँग भिड्ने छ ।

    श्रीलंकामाथि भुटानको फराकिलो जित
    यस्तै यसअघि सोमबार भएको खेलमा भुटानले श्रीलंकामाथि फराकिलो जित निकालेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको समूह ‘बी’ को पहिलो खेलमा भुटानले श्रीलंकामाथि चार-एकको फराकिलो जित दर्ता गरेको हो । भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । श्रीलंकाले पहिलो खेलमा मालदिभ्सलाई पराजित गरेको थियो । जितसँगै भुटानले अंक तालिकामा चार अंक जोडेको छ । श्रीलंकाको भने तीन अंक छ ।

    श्रीलंकामाथि जित निकालेसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पराजित श्रीलंकाको पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ । भुटानको जितमा डेकी लाजोनले दुई तथा नागमेल डेमा र दोर्जी एडोनले समान एक गोल गर्नुभएको थियो । श्रीलंकाका लागि थुसानी मधुसिकाको एक सान्त्वना गोल गर्नुभयो ।

    खेलको ७९ औँ मिनेटमा नागमेल पेमाको पासमा नागमेल डेमाले गोल गर्दै भुटानको अग्रता फराकिलो पार्नुभएको थियो । ७६ औँ मिनेटमा कप्तान पेमा छोडेन छिरिङको पासमा डेकी लाजोमले गोल गर्दै भुटानलाई तीन-एक को अवस्थामा ल्याउनुभएको थियो ।

    पहिलो हाफको सुरुवातमा नै भुटानले अग्रता बनाएको थियो । पहिलो हाफको सातौँ मिनेटमा नामगेल डेमाको क्रसमा डेकी लाजोनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

    खेलको २३ औँ मिनेटमा श्रीलंका खेलमा फर्किएको थियो । भुटानकी डेकी याङदोनलाई लाग्दै रिवाउण्ड भएको बललाई श्रीलंकाकी थुसानी मधुसिकाले पोस्टको जाली चुमाउनुभएको थियो ।

    खेलको ३२औँ मिनेटमा नाङमेल डेमाको फ्रिकीक श्रीलंकाका डिफेन्डरले क्लीयर गरेपनि दोर्जी एडोनले नियन्त्रणमा लिर्दै भुटानको अग्रता दोब्बर पार्नुभएको थियो ।

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer