काठमाडौं । नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्।
जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए।
सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक जितेका छन्। छनोट चरण पार गरेका ९ खेलाडीले फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए।
नेपाली उसु खेलाडी यही अक्टोवर २२मा जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिन गएका थिए ।
टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म भएको खेलमा दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिन गएका थिए ।
नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीको प्रशिक्षकमा निकेश श्रेष्ठ थिए भने टोली मंगलवार त्यसतर्फ गएको थियो ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका थिए।




