☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

काठमाडौं महानगरद्वारा नेपाली महिला फुटबल टोलीलाई सम्मान


  •   बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ। दशरथ रंगशालामा बुधबार राति भएको फाइनल खेलमा नेपाल २-१ ले बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

    Advertisement

    महानगरले सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरी टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्र प्रदान गरेको हो। नेपाली टिमका खेलाडी तथा अफिसियललाई कूल २७ लाख ५० हजार बराबरको पुरस्कार प्रदान गरिएको महानगरले जनाएको छ, यद्यपि कार्यक्रममै २५ लाखको डेमो चेक हस्तान्तरण गरिएको थियो।

    सम्मान कार्यक्रममा महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीको उपस्थिति थियो। मेयर शाहले नेपाली टिमलाई उपविजेता बनेकोमा बधाई दिंदै सारा नेपाललाई जोड्ने प्रेरणा दिएकोमा धन्यवाद व्यक्त गरे।

    उपमेयर डंगोलले पनि टिमलाई उत्साहित गर्दै हारलाई अन्तिम नठानी भविष्यमा राम्रो प्रदर्शन गर्ने प्रेरणा प्रदान गरिन्।

    महानगरले २३ खेलाडीका साथै टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, र किट म्यानेजर विकास गुरुङलाई पनि सम्मान गर्यो।

    बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer