• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्राविधिक शिक्षा अध्ययनका लागि विनाब्याज पाँच लाख ऋण दिँदै परशुराम पालीका


  •   मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विनाब्याज पाँच लाख रुपैयाँ ऋण दिने भएको छ।

    Advertisement

    नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट नगरमा स्थायी बसोबास गर्ने इच्छुक प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत विद्यार्थीलाई ऋण दिने भएको हो।

    नगरप्रमुख भरत बडायर जोशीले नगरपालिकाले यसअघि राजपत्रमा प्रकाशित गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०८१ अनुसार ऋण दिन लागिएको बताए।

    त्यसका लागि नगर क्षेत्रमा बसोबास गर्ने प्राविधिक शिक्षा अध्ययन गर्न चाहने आदिवासी, दलित, महिला, पिछडिएको वर्ग, लोपोन्मुख जाति, घाइते, अपाङ्गता, सहिद परिवार, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आवेदनका लागि आह्वान गरिएको जानकारी दिए।
    ‘हामीले निर्देशिका पारित गरेर गत वैशाख ३ गते नै राजपत्रमा प्रकाशित गरिसकेका छौँ। सोही निर्देशिकाको मापदण्डअनुसार आवेदन दिन कात्तिक १३ गते सार्वजनिक सूचना जारी गरिसकेका छौँ। आगामी मंसिर २० गतेसम्म आवेदन दिन सकिने छ’, नगरप्रमुख जोशीले भने।

    ऋण रकम सामान्य चिकित्सा (एचए), ओभरसियर, स्टाफ नर्स, इञ्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु, सूचना प्रविधिलगायत अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई दिइने प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिए।

    आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणपत्र प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको ट्रान्सक्रिप्ट, परिवारका दुई जना सदस्यहरूको मन्जुरीनामा पत्र, सम्बन्धित वडाको शैक्षिक ऋणका लागि गरिएको सिफारिस, विद्यार्थी भएको प्रमाणित हुने र अध्ययनरत तह वा कोर्सको जम्मा शैक्षिक शुल्क खुल्ने सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत कागजात तथा प्रमाण आवश्यक पर्ने भट्टले बताए।

    यसवर्ष आवेदन दिनेमध्ये कम्तीमा २० जनालाई शैक्षिक कर्जा दिने योजना रहेको नगरप्रमुख जोशीले जानकारी दिए। यसरी लिइने ऋण शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र न्यूनतम २५, दुई वर्षभित्र ५०, तीन वर्षभित्र ७५ र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

    मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer