काठमाडौं । श्रीलंका राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नियुक्त हुनुभएको छ । नेपाली टोली सम्हालिसक्नुभएका उहाँ यसअघि श्रीलंकाको अन्तरिम प्रशिक्षक हुनुहुन्थ्यो । एसिया कप प्लेअफका लागि उहाँलाई दुई खेलमा प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।
Advertisement
उहाँको प्रशिक्षणमा श्रीलंकाले कम्बोडियासँग पहिलो खेल गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा भने पेनाल्टी सुटआउटमा ४-२ ले विजयी हुँदै श्रीलंका तेस्रो चरणमा प्रवेश गरेको थियो । अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनसिपमा पहिलोपल्ट फाइनलमा पुर्याउनुभएको थियो । (एजेन्सी)




