• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

बैतडी जिल्लाको शिवनाथ मेला, छालाको ‘गिर’ खेलेर भव्यरुपमा मनाईयो


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । छालाको गिर (भकुन्डो) खेलेर बैतडी जिल्लाको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ । कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो ।

    Advertisement

    शिवनाथ गाउँपालिका–६,मा रहेको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला लाग्नु अघि धामी र पुजारीले स्थानीय भानमति धारामा नुहाएर आएपछि मेला शुभारम्भ हुन्छ । मेलाको असरमा शुक्रवार गाउँपालिकाले बिदा दिएको छ ।

    शिवनाथ गाउँपालिका–५, कफाडी मन्दिरमा दसैँका बेला बलि दिएको पहिलो राँगाको छालाबाट स्थानीय पहरी जातीले परालको भुस राखेर छालाको गिर बनाउने चलन छ । तयार भएको गिर दमाहा बजाउँदै सप्तमीको बेलुकी मन्दिरमा लगेर धनाडी क्षेत्री र दमाई जातीका व्यक्तिलाई बुझाउने चलन रहेको छ । बेलुकी मन्दिरमा पुर्‍याएको गिर अष्टमीको बिहान दर्शनार्थीले एक आपसमा खोसाखोस गरेर खेल्ने गर्छन् ।

    यसअघि स्थानीय धनाडी र साउद जातीका बिचमा मात्रै प्रतिस्पर्धा हुने गरेकोमा पछिल्लो समय मन्दिर दर्श गर्न आउने सबैले सामूहिक रूपमा खेल्ने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

    मेलामा छिमेकी मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट दमाहा बजाएर जात्रा आउने गरेको छ । त्यसैगरि, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र भारतको उत्तराखण्ड राज्यबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

    शिवनाथमा असोज नवरात्र, चैत नवरात्र,असार र साउन महिनामासमेत मेला लाग्ने गर्छ । कात्तिक सप्तमी र अष्टमीका दिन लाग्ने मेलामा छालाको गिर खेल्ने भएकाले यो मेलामा दर्शनार्थीको बढी घुइँचो लाग्ने गरेको गर्दछ । शिवनाथ गाउँपालिका–५, कफाडीबाट पहरी जाति र ठकुरीहरूको सामूहिक देउरोसँग छालाबाट बनेको भकुन्डो (गिर) खेल्दै जाने गरेको दृश्य आकर्षक हुने शिवनाथ गाउँपालिका–५,का वडाध्यक्ष केशवबहादुर चन्दले बताउनुभयो ।

    मेलामा स्थानीय खानाका परिकार, बाँस चोयाको डोको/डालो, कृषि औजार हँसिया, कुटो कोदाला जस्ता वस्तुको व्यापारसमेत हुने गरेको छ ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer