• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मारुनी नाच, युवापुस्तालाई समेटेर संरक्षणको प्रयास


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । युवा पुस्ताले चासो नदिँदा परापूर्व कालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवालाई समेत समेटेर यसको संरक्षणमा जुटेका छन् ।

    Advertisement

    युवा पुस्ता अध्ययन तथा रोजगारीका लागि कतिपय गाउँ बाहिर र कोही देशबाहिर जाने क्रम बढेपछि पाका पुस्ताले मारुनी नाचलाई पुस्तान्तरणको प्रयास गरेको हो । नवलपुरको बुलिङटार–४ देउरालीका पाका पुस्ताले युवाहरूको समूह बनाई मारुनीको संरक्षण गर्दै पुस्तान्तरणमा जुटेका हुन् ।

    मारुनी नाचका अगुवा बुलिङ्गटार–४ का मनवीर पुलामी उमेरले ५६ वर्ष कटि सक्नुभयो । तर उहाँको मारुनी नाच्ने र गाउने मोह भने युवा पुस्ताकै जस्तो छ । उहाँ युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्नुहुन्छ । आफूले जाने बुझेदेखि बाबुबाजेका साथ मारुनी देखाउन थालेको बताउँदै पुलामीले गाउँमा रहेका युवालाई पनि आफूसँगै लिएर हिड्नेगरेको बताउनुभयो ।

    १८ वर्षको उमेरदेखि मारुनी नाच्न सिकेका पुलामीले पुराना पुस्ताको सहयोगमा युवा पुस्तालाई सिकाउने गर्नुभएको छ । गाउँमा उहाँको अगुवाइमा मारुनी नाच समूह गठन गरिएको छ । चाडपर्व तथा पारिवारिक हर्ष बढाइमा उहाँकै नेतृत्वको समूहले गाउँमा मारुनी नाचलाई निरन्तरता दिँदैआएको छ ।

    गाउँमा मारुनी नाच देखाउँदा ७० देखि ८० जनासम्मको सहभागिता रहने स्थानीय जमानसिंह अस्लामी मगरले बताउनुभयो । विगतका वर्षमा मारुनी नाचमा युवाको सहभागिता निकै कम हुने भए पनि अहिले मारुनी देखाउने समूहमा युवा पुस्ताको बाक्लो सहभागिता हुने गरेको मगरको भनाइ छ ।

    ‘पोहोर परार ७०–८० जनामा मुस्किलले १५–२० जना युवा हुन्थे, अहिले बिस्तारै यो सङ्ख्या बढ्न थालेको छ, अहिले आधाआधी सङ्ख्यामा युवा पुस्ता सहभागी हुन्छन्, मगरले भन्नुभयो ।

    देउरालीको यो मारुनी नाच समूह आजकल आफ्नो गाउँमा मात्र नभई छिमेकी गाउँ तथा तनहुँ लगायतका विभिन्न जिल्लामा पनि नाच्न जाने गरेको छ । अहिले अर्खला, देउराली, डेढगाउँ लगायतका गाउँहरूमा पनि समूह बनाएर मारुनी संरक्षणमा पाका र युवा पुस्ता जुटेको बुलिङ्गटार–४ का वडा अध्यक्ष मीनबहादुर आलेले बताउनुभयो ।

    मारुनी नाच दसैँ तिहारमा सुरु गर्ने नृत्य भए पनि कतै भने तीजदेखि नै सुरु हुन्छ । प्रायः स्थानमा दसैँको कालरात्रिदेखि यो नाच सुरु हुन्छ । देउरालीका मगर समुदायले दशैको कालरात्रिदेखि देवी देवताको पूजा गरेर मारुनी नाच्न सुरु गर्ने गरेको मारुनी नाच समूहका अध्यक्ष पुलामीले बताउनुभयो ।

    उहाँका अनुसार मारुनीका गीतमा कृष्ण चरित्रको कथालाई गीतिलयमा प्रस्तुत गर्ने गरिन्छ । बडा दसैँको अष्टमीको कालरात्रिमा सुरु भएर नवमी, दसैँको टीका र टीकाको भोलिपल्टसम्म नाच देखाउने गरिन्छ । लगत्तै तिहारको समयमा तिहारे औँसीको दिनदेखि फेरि मारुनी नाच देखाउन सुरु गरिन्छ । औँसीको दिनभरि गाउँका घर–घरमा गएर मारुनी नाच देखाइने र घरबेटीले कात्तिके दान दिने चलन छ ।

    मारुनी समूहलाई कार्तिके दान दिए रोगब्याधी नलाग्ने, ग्रह गोचर राम्रो हुने मगर समुदायमा जनविश्वास रहेको अध्यक्ष आलोले बताउनुभयो । तिहारको टीकाको भोलिपल्टसम्म नाच देखाउने र त्यसपछि गाउँवासीका घरमा हुने पूजाआजा, न्वारन, छेवर, विवाहजस्ता हर्षबढाइँका अवसरमा मारुनी देखाउने गरिएको उहाँले बताउनुभयो ।

    दसैँको कालरात्रिबाट सुरु गरिएको मारुनी नाच मङ्सिर महिना सकिएसँगै अर्को वर्षको बडा दसैँको कालरात्रिसम्मका लागि रोकिने पुलामी बताउनुहुन्छ । विशेष गरेर सरस्वती पूजा गरेर सुरु गरिने नाच सरस्वतीको पूजा गरेरै समापन गर्ने गरिन्छ ।

    मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे तथा छ देखि १० जनासम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ ।

    गीत निकाल्ने गुरुलाई ‘रौरा’ भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । महिलाको भेषभूषामा सजिएर एक पटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनु पर्दछ ।

    मारुनीसँगै पुर्सुङ्गे पनि नाच्छन् । पुर्सुङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुर्सुङ्गे नाच्ने गर्दछन् । पुर्सुङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मुर्चुङ्गा लगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ ।(गोरखापत्रबाट)

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer