• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दोस्रो टी-२० मा दक्षिण अफ्रिकाले भारतलाई हरायो


  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । आइतबार राती सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो । भारतले दिएको १२५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९औँ ओभरमा सात विकेट गुमाएर भेट्टाएको हो । योसँगै अफ्रिकाले चार टी-२० म्याचको सिरिजमा एक-एकको बराबरी गरेको छ ।

    Advertisement

    कम स्कोरको खेलमा भारतीय टोलीले पहिला निर्धारित २० ओभरमा १२४ रन बनाएको थियो । जवाफमा आयोजक दक्षिण अफ्रिकाले ६ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । अफ्रिकाको जितमा ट्रिस्टन स्टब्स र गेराल्ड कोएट्जीले महत्वपूर्ण योगदान दिनुभयो । स्टब्सले ४७ रन बनाउनुभयो भने कोएट्जीले ९ बलमा महत्वपूर्ण १९ रन बनाउनुभयो । यस्तै, रीजा हृयान्ड्रिक्सले २४ रन बनाउनुभयो ।

    १२५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात पनि राम्रो थिएन । अफ्रिकी टोलीले ४४ रनको स्कोरसम्म तीन विकेट गुमाएको थियो र ८६ रनको स्कोर पुग्दासम्म टोलीका सात ब्याट्सम्यान प्याभिलियन फर्किसकेका थिए । त्यसपछि ट्रिस्टन स्टब्स र गेराल्ड कोएट्जीबीचको अविजित ४२ रनको साझेदारीले अफ्रिकी टोलीको जित सुनिश्चित गरेको हो ।

    भारतका वरुण चक्रवर्तीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा चार ओभर बलिङ गर्दै १७ रनमात्र दिएर पाँच विकेट लिनुभयो । उहाँ टी–२० अन्तर्राष्ट्रिय खेलको एउटै इनिङ्समा पाँच वा सोभन्दा बढी विकेट लिने पाँचौँ भारतीय बलर बन्नुभएको छ । यसअघि भुवनेश्वर कुमार र कुलदीप यादवले दुई-दुईपटक यस्तो गर्नुभएको थियो । युजभेन्द्र चहल र दीपक चाहरले टी-२० खेलमा एक-एकपटक पाँच विकेट लिनुभएको छ । दुर्भाग्यवश वरुणको मिहिनेत खेर गयो ।

    यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाउनुभयो । अक्षर पटेलले २७ र तिलक बर्माले २० रन बनाउँदा अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका पाँचजना खेलाडीले एक÷एक विकेट लिए । यसअघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुनेछ ।

    मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer