काठमाडौं । ललित स्मृति यू-१८ एन्फा युथ लिगका खेलहरू यही बुधबारदेखि पुनः सुरु हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि रोकिएको यू-१८ लिगको बाँकी खेलतालिका सार्वजनिक गरेको हो ।
Advertisement
जसअनुसार कात्तिक २८ गते बुधबार दुई खेल हुनेछन् । पहिलो खेल जावलाखेल युथ क्लब र एनआरटीबीच १२ बजे तथा दोस्रो खेल नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच ३ बजे हुनेछ ।
साफ यू-१९ च्याम्पियनसिप, महिला लिग, दशैँ र तिहार तथा साफ महिला च्याम्पियनसिपका कारण ४८ खेलपछि यू-१८ लिग रोकिएको थियो ।




