• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

उपत्यकामा वायु प्रदूषण बढ्दो


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा वायु प्रदूषण उच्च हुँदै गएको छ । केही दिनयता वायु प्रदूषण उच्चस्तरले बढ्दै गएको वातावरण विभागले जनाएको छ ।

    Advertisement

    विशेष गरी काठमाडौँ उपत्यकामा वायु प्रदूषणको भार बढेको विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार अन्यत्रबाट आएका प्रदूषणका कण काठमाडौँ उपत्यकामा थुप्रिन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुलो–धुवाँयुक्त वायु भारतबाट नेपालको तराई हुँदै काठमाडौँ उपत्यकामा आइरहेको छ, यो क्रम बुधबारबाट अलिक बढेको हो ।” उहाँका अनुसार बिहान घाम लाग्नुअघि र साँझ हुँदै जाँदा तल्लो वायुमण्डल धुलोका कणले कडा तुवाँलो बन्न थालेको छ ।

    विभिन्न स्थानमा राखिएका वायु प्रदूषण मापन स्टेसनले बुधबार केही दिनयताकै उच्च प्रदूषण रेकर्ड गरेको छ । जस अनुसार उपत्यकाको खुमलटारमा वायु प्रदूषणको गुणस्तर १६९ एक्युआई रेकर्ड भएको थियो । त्यस्तै काठमाडौँको मुटु मानिने रत्नपार्क अत्यधिक प्रदूषित देखाएको छ । यहाँ वायुको गुणस्तर १६५ एक्युआई मापन भएको छ । वायुको गुणस्तर एक सय एक्युआईभन्दा माथि गएमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसपछि चितवनको भरतपुरको वायु गुणस्तर १६१ एक्युआई रेकर्ड भएको थियो । भक्तपुर क्षेत्रको वायु अस्वस्थकर देखिएको छ । बिहीबार पनि काठमाडौँ उपत्यकाको रत्नपार्क, खुमलटार, भक्तपुर, शङ्खधर पार्क क्षेत्रको वायुले अन्यत्रभन्दा बढी प्रदूषित रेकर्ड बनाएको छ ।

    झाले थप्नुभयो, “सचेतना बढाउनुपर्ने देखिएको छ ।” उहाँका अनुसार काठमाडौँमा चल्ने धुवाँयुक्त सार्वजनिक तथा निजी सवारीसाधनले वायु प्रदूषणलाई बढावा दिइरहेका छन् ।

    सुक्खा मौसमले बढाएको प्रदूषण

    सुक्खा मौसमका कारण भारतसहित नेपालमा वायु प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार नेपालको पश्चिमी भेग हुँदै नेपालमा प्रदूषणयुक्त वायु आइरहेको छ । तल्लो वायुमण्डलको पाँच किलोमिटरमाथिबाट धुलाको बाक्लो कणसहितको प्रदूषित वायु नेपाल भित्रिँदा बिहान– बेलुका तल्लो वायुमण्डलमा बाक्लो तुवाँलो लाग्न सुरु भएको अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसो बढ्दै जाँदा वायुको चाप माथिबाट तल सर्दै जान्छ, यस्तोमा वर्षा र हावाको वेग कम हुँदा प्रदूषण बढ्ने गर्छ ।”

    हावा कम रहेको अहिलेको समयमा उपत्यकामा प्रदूषण रुमलिएर बसेको छ । भारतको राजस्थानको मरुभूमिबाट तातो हावाले उडाएको धुलोसहितको वायु नेपालतर्फ आइरहेको छ । यो प्रदूषित वायु हल्कादेखि मध्यम वर्षा नभएसम्मका लागि कायम रहने अनुमान महाशाखाले गरेको छ ।(गोरखापत्र)

    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer