• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मंसिर १५ बाट हुने एनपिएल स्टार स्पोर्ट्स च्यानलले लाइभ दिने


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुनेभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार यसबारे जानकारी गराउँदै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने बताएको हो ।

    Advertisement

    यस्तै एनपिएलको प्रमुख प्रायोजकमा सिद्धार्थ बैंक भित्रिएको छ । सिद्धार्थ बैंक र एनपिएलबीच पाँच वर्षको सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । सचिव खड्काले सिद्धार्थ बैंकसँग पाँच वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताउनुभयो । यद्यपि रकमबारे भने उहाँले खुलाउन चाहनुभएन । ’टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ । पाँच वर्षको लगानी हुनुभनेकै हाम्रो लागि ठूलो हो,’ सचिव खड्काले भन्नुभयो । स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उहाँको भनाइ थियो ।

    स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपिएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुर्‍याउनेछ । क्यानले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगितामा आठवटा टोली सहभागी हुनेछन् ।

    नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट दुई र अन्य प्रदेशबाट एक÷एक टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । यी टोलीमा शिखर धवन, रोहन मुस्तफा, बेन कटिङ, माइकल लेभिट, सैफ जाइब, ब्रान्डन म्याकमुलेन, उन्मुक्त चन्दलगायत चर्चित विदेशी खेलाडीसमेत हुनुहुन्छ ।

    शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer